नोबेल पुरस्कार विजेता मलाला बैवाहिक ब’न्धनमा
नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छन् ।
छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान वि’द्रो’हीहरुले गो’ली प्र’हार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गरेकी हुन् ।
उनले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिएकी छन् ।
तालिबान वि’द्रो’हीहरुको आ’क्रमणकै कारणले असुरक्षा महसूस गरी उनी अहिले बेलायतमा बस्दै आएकोले बेलायतमा बैवाहिक कार्यक्रम भएको हो ।
सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छन् ।
“मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।
इस्लामिक परम्पराअनुसार बिवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उनले अहिले निकाह गरेकी हुन् ।
यसको कानुनी हैसियत भने रहदैन । महिला अधिकारको पक्षमा लागेको र मुिस्लम छात्रालाई पढाएकोप्रति रु’ष्ट हुदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान वि’द्रो’हीले गो’ली प्र’हार गरेका थिए ।
पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा ता’लिबान वि’द्रो’हीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घा’इते भएका थिए ।
त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाए ।
उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरु मध्ये सबैभन्दा कान्छी हुन्।
उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छन् भने विश्वभरी मानवअधिकारकर्मीको पहिचान बनाएकी छन् । एजेन्सी



