Logo

हलोको आविष्कार र प्रयोग


भाई किराती

मानव जाति निरन्तर अघि बढ्ने जिज्ञासु प्राणी भएको कारण आदिम साम्यवादी युगमा मात्र सिमित रहने कुरै थिएन । त्यसैको बाबजुद मान्छेले रहेक कोशिशहरु गर्दै आएको हो । मान्छेले ढुंगा लगायतका हतियारहरु त्यसबेला सम्म शिकार खेल्नको लागि मात्र प्रयोग गर्थे । जुन बेलासम्म समाजमा अंतर्विरोधहरु चरम उत्कर्षमा पुगेको थिएन । कालान्तरमा नयाँ नौलो परिवेश भित्रीएसँगै उथलपुथलको वातावरण सृजना भयो । समाजमा त्यसको प्रभाव नपर्ने कुरै भएन । बिज्ञानको नियम अनुसार मान्छेको चेतना, अनुभव, बिचार, विमर्श र चिन्तन, युग सापेक्षित हुन्छन् । त्यसैकारण युग सापेक्षित ब्यवहारिक ज्ञानहरु समाज बिकास क्रमको सुचालक तत्व बन्ने गर्छ । त्यही सुचालक तत्वको समष्टिगत रुप नै सामाजिक दर्शन, वा युग सापेक्षित मार्गदिशा बन्नेगर्छ । त्यही क्रममा सापेक्षित बिकास तर्फ लाग्ने वा यथास्थितिमै रहने भन्ने मतभिन्नताहरु उदाउँछन अन्ततः एउटा ठोस धारणा बन्छ, जसले समाजलाई सही मार्गमा डोर्‍याउन सक्छ । जुन सैद्धान्तिक आधारमा आदिम मानव समाज भित्र मतान्तरहरु सुरु भयो । त्यस महा-अंतर्विरोधले कुनै पनि ब्यक्तिलाई अछुतो राखेन र समाजमा बैचारिक ध्रुवीकरण सुरु भयो । जसले मान्छेलाई यु’द्धमा धकेलीदियो । यसर्थ नचाहँदा नचाहँदै पनि युद्धमा सामेल हुनुपर्‍यो । जब मान्छेले आफ्नो जीवन असुरक्षित भएको कुरा बुझ्न थालेपछि आफ्नो जीवन, परिवार, गोत्र तथा आफ्नो किल्ला लगायतका आधारभूत क्षेत्रहरू जोगाउनको लागि विभिन्न उपायहरुको खोजी गर्ने क्रममा यु’द्धकला सिके साथै उपयोगी खालका हतियारहरुको बिकास पनि गर्न थाले । तत्पश्चात शिकार खेल्नमा मात्रै सिमित हतियारहरु यु’द्ध लड्नको निम्ति प्रयोग हुन थाल्यो । कुन समयमा कस्तो सामग्रीहरु वा हतियारहरु निर्माण गर्नुपर्ने भन्ने कुरा परिवेशले निर्धारण गर्छ भन्ने समाज बिज्ञानको सिद्धान्त अनुसार आदिम कालमा नयाँ प्रकारको हतियारहरुको बिकास पनि यत्रतत्र भयो । आदिम समयको हतियारहरु मध्ये भाला निक्कै उपयोगी हतियार मानिन्थ्यो । भाला खासमा लठ्ठीको विकसित रुप हो । यहाँ भालाको प्रसंग रोचक ढंगको छ । किनकि हलोको इतिहास, भालाको बिकासमा निहित छ । अर्थात भालाको पृष्ठभुमिमा हलोको बिकास सम्भव भयो ।

हरेक वस्तुको बिकास -उसको ऐतिहासिक पृष्ठभुमिमा निहित हुन्छ । हलोको इतिहास खोज्दै जाँदा भालामा पुगिन्छ, भने भालाको इतिहास पैल्याउँदै जाँदा लठ्ठीरलौरोमा पुगिन्छ । तसर्थ लठ्ठीको उपयोगबाट नै विषय तर्फ प्रवेश गर्दा वस्तुगत हुन्छ । मानव निर्मित कुनै पनि हतियारहरुको बिकास पूर्व मान्छेको हात, खुट्टा र दाँत नै प्रमुख हतियार हुन । हतियार उपयोगको सन्दर्भमा आफ्नो मत राख्दा -आरम्भमा मान्छेले भुइँ खन्ने, समात्ने, हिर्काउने काम हात, खुट्टाले गर्थे । भने टोक्ने, चिथोर्ने, चपाउने काम दाँतले गर्थे । समयको गतिसँगै कुनै कालखण्डबाट आफ्नो नजिक परेका जिव जन्तुलाई पनि लखेटेर समात्ने हिर्काउँने, मार्ने र भोजन गर्ने कामको सुरुआत भयो । यसर्थ त्यही सेरोफेरोबाट मान्छेले शिकार खेल्ने, सीप पनि प्राप्त गरेका हुन । मान्छेले सुरुमा प्राकृतिक फलफूलहरु मात्र आफ्नो मुख्य आहारा बुझेका थिए । अब त्यसको अलावा विभिन्न जीवजन्तूको शिकारलाई पनि आफ्नो मुख्य आहारा बनाउन सफल भएको पाइन्छ । त्यसरी सिकार खेल्ने सवालमा मान्छेले लठ्ठीको प्रयोग गर्दा अझै सहज भएको कुरा बुझ्न थाले । लठ्ठीको प्रयोग सिकार नजीक परेको खण्डमा मात्रै हुनेगर्थ्यो । टाढाको सिकार मार्नलाई भने अझै ढुंगा नै उपयुक्त मानिन्थ्यो । सिकार मार्नलाई लठ्ठीको प्रयोग गर्दा कुट्ने कामको साथै घोच्ने पनि गर्थे । टाढाको सिकार मार्नलाई ढुंगा र लठ्ठी दुवै प्रयोग गर्न थाले । त्यसरी टाढाको सिकारलाई प्रहार गर्दा कतिपय लठ्ठी जनावरको शरीरमा गाडियो । त्यस्तो सिकार तत्काल नमरे तापनि दौडेर समात्न भने सहज थियो । त्यसरी घोचेर सिकार मार्ने क्रममा त्यसले मात्रै शिकार मार्न सम्भव भयो जुन लठ्ठीको टुप्पोमा तिखो थियो । सुरुसुरुमा मान्छेले लठ्ठीलाई टेकेर हिड्ने, जंगली जनावरले आक्रमण गर्दा प्रतिकारको निम्ति प्रयोग गर्ने, कन्दमुलहरु निकाल्नलाई भुइँ खन्ने कामको अलावा सिकार मार्ने क्रममा समेत त्यस्तो उपयुक्त लठ्ठीको सहायता लिने थाले । तसर्थ त्यसलाई एक बहुउपयोगी औजारको रुपमा लिएर मान्छेले लठ्ठीको टुप्पोमा तिखो पारेर प्रयोग गर्न थाले । अब आफ्नो आत्मरक्षाको खातिर हरेक व्यक्तिसँग त्यस्तो हतियार हुनु अनिवार्य मानियो । जब मान्छेले फलाम पत्ता लगाएपछि लठ्ठीको टुप्पोमा फलामको तिखो र धारे परेको चोइटा बाँधेर प्रयोग गर्न थाले । अझै फलाम र काठको सम्बन्धलाई परिस्कृत गर्दै जाँदा भाला बन्न गयो ।

जब हलोले पूर्णता पायो, त्यसको सैद्धान्तिक आधारमा कबिला युगको अन्त्य गरि बृहत्तर समाजको बैज्ञानिक अवधारणा संस्थागत भएको हो भन्ने तर्कलाई सिधै नकार्न सकिन्न । अर्थात तर हलोलाई किराती समाजको बौद्धिक तहका मान्छेले कसरी देख्दैछन ? त्यसले नै हाम्रो समाज कुन स्तरमा छ भन्ने प्रष्ट देखाउँछ । त्यसै समयमा त्यो उचाइमा पुगेको किराती समाज आज कहाँ छौँ  ?  त्यो विवेक, मेहनत, शीप कला र क्षमताको रक्षा, बिकास र प्रयोग गर्ने सिलसिलामा हामी कहाँनेर चुक्यौं र आज हरेक कुरामा पर-निर्भर बन्दै गइरहेका छौँ ?

करिबकरिब मान्छे, त्यो अवस्थामा पुगिसकेको थियो भन्दा कुनै फरक पर्ने छैन । अझै मान्छेले कृषि उत्पादनलाई आफ्नो जीविकोपार्जनको प्रमुख क्षेत्रको रुपमा स्विकार्दै ब्यापक बनाउन थालिसकेका थिए । र अझ अस्थायी भस्मेहरुको ठाउँमा स्थायी प्रकारको जमिनहरु प्रचलनमा आइसकेको थियो । अर्थात खाली जमिनहरु एकपछि अर्को स्थायी रुपमा आवाद हुँदै गयो । अझै जाँगरिलाहरुले धेरै भन्दा धेरै जमिन आवाद गर्ने चलन मौलायो भने कतिपयले चाहिँ हुल बाँधेर अर्काको आवादी जमिन खोस्ने, लुट्ने, हडप्ने चलन पनि अस्तित्वमा आयो । त्यही वरिपरिबाट परिवार र निजी स्वामित्वको प्रादुर्भाव हुनपुग्यो । भनाइको तात्पर्य त्यही सेरोफेरो देखि सामन्तवादको बिकास सुरु भयो । किनभने मान्छे आफुले आवाद गरेको जमिनलाई आफ्नो अधिनमा राख्न चाहन्थे । मान्छेलाई त्यस चेतनाले फरक ठाउँमा पुर्‍यायो । फलस्वरूप आ-आफ्नो जमिन छुटाउनलाई साँध, सिमाना राख्ने बिधि प्रचलनमा ल्याउन थाले । जब व्यक्तिगत सम्पत्तिको अवधारणा व्यापक बन्दै गयो । खोरीया, भस्मे फँडानी गरेर आवाद गरेको जमिन छुट्टाउनुको लागि कुनै रुख भएको ठाउँमा त्यसैलाई साँध, सिमाना माने, भने ढुंगा भएको ठाउँमा त्यसैलाई साँध, सिमाना माने, त्यो पनि नभएको ठाउँमा भालाले कोरेर त्यो रेखा अनुसार ढलेका रुखहरुले बारेर साँध, सिमाना कायम गर्ने एउटा नयाँ प्रचलनको प्रारम्भ भयो । जसै मान्छेले आफ्नो जमिनको साँध, सिमाना कायम गर्ने काममा भालाको प्रयोग गर्दा जमिनमा लामो लामो, गहिरो सियो बन्यो । त्यो ज्ञानले अब साँध भित्रको आफ्नो जमिनलाई भालाले कोरेर खेती लाउँदा उत्पादन पनि राम्रो हुने कुरा बुझेपछि त्यही चलन सुरु भयो । अब समाजमा युग सापेक्षित चिन्तनका साथसाथै नयाँ नयाँ तौरतरिका तथा प्रबिधिको बिकासले मान्छेलाई नयाँ उचाइमा पुर्‍याइदियो । मान्छेले कन्दमुल निकाल्नलाई भुइँ खन्ने क्रियाकलापद्वारा प्राप्त ज्ञानले आवादी जमिन खन्ने कामको थालनी भएको बुझिन्छ । कुनै एक समयको घटना हो । एकजना मान्छे भालाले आफ्नो जमिन खन्दैथियो, अचानक उसको भालाको टुप्पोमा जोडिएको फलाम बाङ्गो भयो । सायद भालाको टुप्पो ढुंगाको च्यापमा परेको हुनसक्छ । उ ज्यादै दुखित, चिन्तित भयो, कि उसले ठान्यो, त्यत्रो मुस्किलले जोडेको हतियार नै स्वाहा भयो । तर त्यो नयाँ घटनाबाट मान्छे रोकिने कुरै थिएन । केही समयको अलमल पछि उसले त्यही टुप्पो बाङ्गिएको औजारले नै भुइँ खन्न थाले, अझै सहज भएको नयाँ ज्ञान प्राप्त गरे । निराशा छाएको त्यो मान्छेमा नयाँ हौसला मिल्यो । र त्यो ज्ञान अरुलाई पनि बाडे । अरुले पनि त्यो औजार प्रयोग गर्दा कुरा सत्य प्रमाणित भयो । अरुले पनि त्यस्तै औजार निर्माण गरेर प्रयोग गर्न थाले । अन्ततः त्यसलाई परिस्कृत गर्दै लाँदा कोदालोको बिकास हुन पुग्यो । अब भने बारी खन्ने मात्रै होइन एकजनाले कोदालो भुइँमा धस्ने अर्कोले बींडमा समातेर तान्ने नयाँ चलन सुरु भयो । त्यो घटना क्रमले मान्छेलाई नयाँ युगमा प्रवेश गरायो । र अझै नयाँ खोज अनुसन्धान तर्फ प्रेरित गरायो ।

त्यसबेला सम्ममा मान्छेले फलामको औजारहरु निर्माण गर्न सिकिसकेका थिए । त्यसैले भद्दा किसिमको नै भएपनि फलामको कोदालोहरु बनाउने काम अझ व्यापक बन्दै गयो । औजारहरुको बिकास र उपयोग गर्ने सिलसिलामा, स्वभाविक पारिस्थितिक पद्धतिको गतिक्रमसँगै मान्छेको सोचाइमा पनि व्यापक बदलाव आयो । आफ्नो आवादी जमिन धेरै भन्दा धेरै भएकोले मान्छेले कोदालोको उपयोग आफैले मात्रै गर्दा प्राय असम्भव बन्दै गइरहेको थियो । कालान्तरमा त्यस कोदालोलाई लहराले बाँधेर घरपालुवा पशुको काँधमा अल्झाएर तान्न लाउने काम सफल भयो । तब मात्रै मान्छेले तान्नु भन्दा पशुले तान्दा कैयौं गुणा बढी काम हुने कुरा मान्छेले बुझे । यसरी मान्छेले हलोको प्रारम्भिक चरणमा पशुलाई सहभागी गराएको पाइन्छ ।

हलोको परिचय: 

खासमा “हलो” नाम कसरी रहनु पुग्यो रु भन्ने विषयबाट सुरुगरौं । किराती भाषामा, बाङ्गो परेको कुनै पनि वस्तु वा काठलाई “होलो” भन्ने गरिएको छ । त्यही होलो शब्दबाट हलो भएको हुनसक्छ । हलोको बनोटलाई गहन ढंगले अध्ययन गर्दा त्यसको प्रत्येक कडीहरुमा ज्यामितीय नियम लागु भएको पाइन्छ । जस्तैः हलोको संरचनालाई लिँदा त्यसको मुल काठको निम्ति करिब १३५ डिग्री कोण बन्न आउने बाङ्गो काठ हुनुपर्छ । र त्यो कोणमा पनि हरिसले माथिल्लो र तल्लो भागमा बाँडफाँड गर्छ । हलोको माथिल्लो अर्थात अनौ बस्ने भाग पट्टी हरिसले बनाउने कोण करिब १०० डिग्री र हरिस भन्दा तल्लो अर्थात फाली रहने भागपट्टी करिब ३० डिग्री सम्मको कोण हुँदा उपयुक्त हुन्छ । हलो जोडुवा र गर्भे गरि दुई तरिकाले बनाउन सकिन्छ । जोडुवा भन्नाले छुट्टै अनौ जोडिन्छ, भने मुल काठको माथिल्लो भाग पट्टी फाल्टोअनौ जोड्नु नपर्नेलाई गर्भे हलो भनिन्छ । जोडुवा हो भने अनौ रहने पट्टी हरिसदेखि माथि करिब १० इन्च र फाली रहने भाग पट्टी करिब २ फिट देखि २७ र २८ इन्चसम्मको लम्बाई हुँदा पनि ठिकै हुन आउँछ । र यसको अंगहरु – हरिस, फाली, करुवा, पाटी, ठेडी, अनौ, हलुँड, जुवा, सोइला, जोतार गरि जम्मा १० वटा हुन्छन् । यत्ति धेरै पार्ट-पुर्जा सहित निर्मित औजारको संयुक्त परिचय नै हलो हो । हलुँड यसको मुख्य संयोजक र जुवा, हरिस सहायक संयोजक हो ।

यिनीहरूको काम बारे:

फालीले भुइँ जोत्न सहज बनाउँछ, करुवाले फालीलाई अड्याउँने काम गर्छ, अनौ-हातले समातेर आवस्यकता अनुसार भुइँमा हलो धस्ने वा उचाल्ने काममा सहज बनाउँछ, फाली, करुवा र अनौ सहितको मुल काठलाई हरिसले हलुँड सम्म पुर्‍याउने काम गर्छ, पाटीले हलोको दुलोमा हरिस छिराएपछि कस्ने काम गर्छ, ठेडीले हरिस र हलुँडलाई अड्काउँने काम गर्छ, समग्र जुवाले सोइला र जोतारको सहायतामा हलगोरुलाई संयोजन गर्छ र हलगोरुलाई जुवामा नारेपछि त्यसलाई हलोसँग हलुँडले संयोजन गर्छ ।

निष्कर्षमा:

हलोको आविष्कार-कृषि युगलाई अझ बिकसित स्तरमा उठाउने क्रममा मान्छेले प्राप्त गरेको ब्यवहारिक ज्ञान, विवेक, मेहनत, सीप र कलाको उपज हो । हलोलाई खाली एउटा औजार मात्रै हो भनेर बुझ्दा गलत हुन्छ । किनभने यो बैज्ञानिक आविष्कार भएकोले समाज बिज्ञानको सिद्धान्तमा आधारित छ । जस्तै हलोको हरेक अंगहरुले आ-आफ्नो ठाउँमा निष्ठा पूर्वक काम गरिरहनु पर्छ । कुनै एउटा अंगले मात्रै कामगर्न छाड्यो भने अरु सबै अंगहरु नाकाम हुन्छन् । जस्तै जोत्दाजोत्दै हरिस, जुवा, सोइला, ठेडी, अनौ, हलोको टुँडो मध्ये कुनै एउटा सामग्री भाँच्यो भने वा हलुँड, जोतार कुनै एक मात्र चुँडियो भने अथवा हली वा गोरु कुनै एक बिरामी परे मात्र पनि तत्काल काममा क्षति हुन्छ । खेतीको मौसममा कृषकको मुख्य औजार बिग्रीनु वा त्यस्तो परिस्थिति आइपर्नु भनेको ठुलो क्षति हुनु हो । किनकि मौसमले डाँडो काटेपछि लगाएको खेतीले राम्रो उत्पादन दिँदैन । उत्पादनमा कमी आउनु भनेको उसको खाद्यान्नको आपूर्तिमा हानी हुनु हो । जस्तैः एकजना कृषकले ठिक मौसममा खेती लाउन पाउँदा उसले कुल अन्न ५ मुरी भित्र्याउँथ्यो भने मौसम घर्किएपछि लगाएको खेतीबाट ३ मुरी मात्र पनि हात पार्न सक्छ । २र३ दिन अन्तरको मौसमले पनि केही प्रभाव पार्छ नै । त्यसो हुँदा त्यो बेला उसलाई २ मुरी नै घाटा लाग्छ । त्यो क्षतिपूर्तिको लागि उसले धेरै वर्ष नै कडा मेहनत गर्नुपर्ने हुन्छ । त्यसैमाथि प्राकृतिक प्रकोप पनि थपियो भने उसको अवस्था कुन स्तरमा पुग्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । त्यसैगरी सामाजिक गतिक्रमलाई नेतृत्व तहको मान्छेले ठिक ढंगले देख्नु, बुझ्नु र निचोड निकाल्न सकेन भने समाजले सही मार्ग पहिल्याउन सक्दैन । समाजको हरेक घटना क्रमलाई ठिक समयमा पहिचान नगरी बेवास्ता गर्‍यो भने अन्ततः त्यसले गम्भीर रुप लिन्छ । र त्यस्तो कमजोरीले सिङ्गो समाजको गति क्रमलाई अवरोध पुर्‍याउँछ । मानव समाज समय सापेक्षित अघि बढ्न चाहन्छ । समाजले बेहोर्नु परेको गम्भीर प्रकृतिका अवरोधहरु हटाउने योजना ल्याउन सकेन भने नेतृत्व प्रतिको बिश्वास समाप्त भएर जान्छ । हाल नेपाली कम्युनिस्ट आन्दोलन असफल हुनुको मुख्य कारण यही हो ।

हलो आदिम कृषि युगको उत्कृष्ट मानव निर्मित यन्त्र हो । र यन्त्रहरु सधै नियमबद्ध ढंगले निर्माण र संचालन गरिन्छ । नियम भन्दा बाहिर गएर हलो बनाउन मिल्दैन । हलो कृषि सामग्री मात्रै होइन, यो एक सिद्धान्त हो । र हलो सिद्धान्त- मुन्धुमको मुख्य अंगहरु मध्येको एक हो । माथि नै उल्लेख गरिएको छ कि हलोको अंगहरु १० वटा छन् । यीनिहरुको काम कर्तव्य र भुमिकालाई नियाल्दा, समाजको हरेक संस्कार, संस्कृति बिधि, बिधान तथा थिति र रीतहरुको काम कर्तव्य र भुमिकासँग हुबहु मिल्छ । ब्यक्ति, परिवार, समुदायलाई संस्कार, संस्कृति, विधि, बिधान, मूल्य मान्यता थिति, रीत सहितको दर्शनद्वारा संयोजन गरिएपछि मात्र सिङ्गो समाज बन्छ । जसै हरिस, फाली, करुवा, पाटी, अनौ, ठेडी, हलुँड, जुवा, सोइला, जोतार मिलेर हलोको बिकास पूर्ण भयो । जब हलोले पूर्णता पायो, त्यसको सैद्धान्तिक आधारमा कबिला युगको अन्त्य गरि बृहत्तर समाजको बैज्ञानिक अवधारणा संस्थागत भएको हो भन्ने तर्कलाई सिधै नकार्न सकिन्न । अर्थात तर हलोलाई किराती समाजको बौद्धिक तहका मान्छेले कसरी देख्दैछन ? त्यसले नै हाम्रो समाज कुन स्तरमा छ भन्ने प्रष्ट देखाउँछ । त्यसै समयमा त्यो उचाइमा पुगेको किराती समाज आज कहाँ छौँ  ?  त्यो विवेक, मेहनत, शीप कला र क्षमताको रक्षा, बिकास र प्रयोग गर्ने सिलसिलामा हामी कहाँनेर चुक्यौं र आज हरेक कुरामा पर-निर्भर बन्दै गइरहेका छौँ ? यस प्रति आजको बौद्धिक तहले जिम्मेवारी पूर्वक आ-आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुको विकल्प छैन । कि त विकल्प खोज्नेले मुन्धुम भनेको ध’र्म-शास्त्र मात्रै हो भनेर बाल-जिद्दी प्रदर्सन गर्नुपर्ने हुन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्