टेस्ला इंकको सेयर दोस्रो दिनमा पनि ओरालो लागेपछि एलन मस्कले यस हप्ता ५० अर्ब डलर गुमाएका छन् ।

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गि’रावट हो, र जेफ बेजोसको २०१९ मा म्याकेनी स्कटसँगको सम्बन्ध वि’च्छेदपछि ३६ अर्ब डलरको गि’रावटपछिको सबैभन्दा ठूलो एक दिनको गि’रावट हो ।

अटोमेकरको केही दिनको उथलपुथलको बीच टेस्लाको यो गि’रावट आएको हो ।

मस्कले आफ्नो कम्पनीको १० प्रतिशत सेयर बेच्ने या नबेच्नेबारे आफ्ना ट्वीटर फलोअर्सलाई सोधेपछि सुरु भएको उथलपुथल उनको भाइ किम्बलले ट्वीटर पोलभन्दा अघिमात्र सेयर बेचेको समाचार पछि जारी रह्यो ।

‘द बिग शँःट्’ चलचित्रबाट प्रख्यात भएका लगानीकर्ता माइकल बरीले मस्कले आफ्नो व्यक्तिगत ऋण कभर गर्न सेयर बेच्न चाहेको हुन सक्ने बताएका थिए ।

यो गि’रावटले विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा बेजोसमाथिको मस्कको अग्रता ८३ अर्ब डलरमा सीमित पारेको छ ।

अमेजनका जेफ बेजोसलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्दा मस्क र बेजोसको सम्पत्तिमा १४३ अर्ब डलरको फरक थियो, जुन विश्वकै चौथो धनी व्यक्ति बिल गेट्सको खुद सम्पत्ति भन्दा बढी हो ।

मन्दीको बावजुद टेस्लाको आम्दानीमा वृद्धि र स्पेश एक्सको उच्च मूल्याङ्कनका भएको छ ।

टेस्लाको बजार पुँजीकरण १ ट्रिलियन डलर भन्दा माथि रहेको छ ।एजेन्सी