एनआरएनए मकाउद्वारा आयोजित फुटबल खेलको उपाधि मादीले जित्यो
एनआरएनए मकाउ आयोजित फुटबल खेलको उपाधि मादीले जित्यो मकाउ – गैरआवासीय नेपाली संघ मकाउले आयोजना गरेको फुटबल खेल प्रतियोगिताको उपाधि मादि गाउपालिकाको टिम पोखरा-बी-१३ जितेको छ।
गैरआवासीय नेपाली संघ मकाउले मकाउमा गठीत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको प्रतियोगितामा संयुक्त रुपमा रिवन काटेर खेलको उद्धाटन गरिएको खेल तोकिएको समयमा शुरु भएको थियो।
गैरआवासीय नेपाली संघ मकाउले नेपाली समुदायको ठुलो महान चाड बडा दशैको उपलक्षमा फुटबल खेल आयोजना गर्ने तयारी गरेता पनी कोरोना माहामारीको कारणले स्थगित गरिएको फुटबल खेल गत नोभेम्बर ४/५ तारिख दुई दिन मकाउको ताईपा स्थित फुटबल खेल मैदानमा सम्पन्न गरेको हो। आयोजित खेलमा नेपाली समुदायहरुको १२ टिमको सहभागिता रहेको अध्यक्ष राजेश प्रसाईले जानकारी दिए।

नेपाली समुदायको दोस्रो ठुलो चाडको रुपमा लिईने तिहारको अबसरमा आयोजिक कार्यक्रममा उल्लेख्य रुपमा नेपाली समुदाय र खेल प्रेमी मानुभावहरुको समेत उपस्थिति रहेको थियो। संघका अध्यक्ष प्रसाईका अनुसार विजेता खेलाडीहरुलाई क्रमश २ हजार ५ सय हङकङ डलर, १ हजार ५ सय हङकङ डलर र तेस्रो विजेता टिमले १ हजार हङकङ डलर साथमा ट्रफी र मेडल प्रदान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट तीन खेलाडीहरुलाई समेत ट्रफी प्रदान गरिएको थियो। उपाधि विजेता मादि पोखरा-बी-१३ का टिम क्याप्टेन मणी गुरुङका अनुसार आयोजित प्रतियोगितामा सहभागि प्रत्येक टिम ज्यादै राम्रो थिए। हरेक टिमले राम्रो खेल प्रर्दशन गरेका थिए। अधिकांश खेलहरु बराबरीमा रोकिएको थियो।

आफ्नो टिमले पनी अनुभवी गोलकिपरका अनुभव र टिमको अनुसासनका कारण उपाधि जितेको बताउदै गुरुङले यस्तो खेलकूदका आयोजना हुदा नेपालीहरुको सम्बन्ध र भावना समेत जोडिने रहेछ। यस्ता सिर्जनात्मक विभिन्न खेलको आयोजना गरेर यो अबसर प्रदान गर्नु हुने आयोजकमा विशेष आभार व्यक्त गरेका थिए।



