Logo

एमालेद्वारा आज पनि प्रतिनिधि सभा बैठकमा अ’वरोध


प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अ’वरोध गरेको छ।

संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाउँदै एमाले सांसदले बैठकमा अ’वरोध गरेका हुन्।

एमाले फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाउँदै आएको छ।

आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख सापकोटाले टाँस नगरेको एमालेको भनाइ छ।

एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।

सभामुख सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकोले संसद सञ्चालन गर्न सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्