Logo

भारतद्वारा चीनले बनाएको नयाँ कानुनको बारेमा चासो व्यक्त


भारतले सीमा सुरक्षा मजबुत बनाउन चीनले बनाएको नयाँ कानुनको बारेमा चासो व्यक्त गरेको छ ।

भारतको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत यस बारेमा चासो देखाएको हो ।

सिमानाका प्रश्नहरू र यसको व्यवस्थापनसम्बन्धी द्विपक्षीय व्यवस्थाहरूमा प्रभाव पार्न सक्ने कानुन ल्याउने चीनको एकपक्षीय निर्णय चासोको विषय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

“सीमा व्यवस्थापन र सीमा प्रश्नमा हाम्रो विद्यमान द्विपक्षीय व्यवस्थामा असर पार्न सक्ने कानुन ल्याउने चीनको एकपक्षीय निर्णय हाम्रो लागि चिन्ताको विषय हो,” विज्ञप्तिमा उल्लेख छ ।

सार्वभौमिकता र सीमा सुरक्षा गर्न आवश्यक कदम चाल्ने भन्दै चीनले गएको शनिबार ‘ल्यान्ड बोर्डर ल’ जारी गरेको थियो ।

सो कानुनले चीनले छिमेकीसँगको सीमाको आफ्नो तर्फको भागमा यातायात, सञ्चार र रक्षासँग सम्बन्धित पूर्वाधारहरू निर्माण गर्न सक्ने जनाउँछ ।एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्