Logo

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सर्वोच्चमा बहस नगर्ने


प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले आज (बुधबार)देखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन्।

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो ।

बारका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले सर्वोच्चमा बुधबारदेखि आफूहरुले बहस नगर्ने बताए।

बारले प्रधानन्यायाधीश जबराले एक–दुईमा राजीनामा नदिए देशभर चरणवद्ध आ’न्दोलन गर्ने चे’तावनी समेत दिएको छ ।

यता, प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले लगातार दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ। आज बिहान ११ बजे उनीहरू पुनः छलफलमा जुट्दै छन् ।

सरकारमा भाग खोजेको, सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको लगायतका आरोप लागेपछि प्रधानन्यायाधीश जबरा एक्लिएका छन्।

यसअघि सर्वोच्चका सहकर्मी न्यायाधीशहरूले नै उनलाई राजीनामा दिन सुझाउँदै उनले तोकिदिएको इजलासमा नबस्ने निर्णय गरेका थिए ।

यसैगरी, नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्वन्यायाधीशहरुले पनि उनको राजीनामा माग गरेका छन्।

राजीनामा दिनुपर्ने दबाबमा परे पनि प्रधानन्यायाधीश जबराले भने कसैले सडकबाट राजीनामा माग्दैमा नदिने बताएका छन् ।

उनले आफू संविधानसम्मत नियुक्त भएकाले आफूलाई संवैधानिक प्रक्रिया बमोजिम नै हटाउने उनले सबैलाई चुनौती दिएका छन्।

आफूले राजीनामा दिनुपर्ने भए वि’वादमा परेका अन्य न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्ने उनको धारणा छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्