खोप लगाएपछि पनि तपाईं म’र्न सक्नुहुन्छ भने खोप लगाउनुको के अर्थ ?
अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको कोभिड १९ जटिलताबाट मृ’त्यु भयो । उनको परिवारका अनुसार उनलाई पूर्ण खोप दिइएको थियो ।
उनी ८४ वर्षका थिए र उनलाई मल्टिपल मायलोमा भनिने एक ब्लड क्या’न्सर भएको थियो ।
स्वास्थ्य अधिकारीहरू खोप वि’रोधी अभियान्ताहरूले खोपले काम गर्दैन भनी दाबी गर्न कोलिनको मृ’त्युलाई मु’द्दा बनाउने छन् भन्ने चिन्ता गर्छन् ।
यदि कोभिड १९ को लागि खोप लगाएपछि पनि तपाईं म’र्न सक्नुहुन्छ भने खोप लगाउनुको के अर्थ ? यस प्रश्नको जवाफ के हुन्छ ?
सीएनएनका स्वास्थ्य विश्लेषक जर्ज वासिङ्टन विश्वविद्यालय मिल्केन इन्स्टिट्युट स्कुल अफ पब्लिक हेल्थका प्राध्यापक लियाना वेनको जवाफ–
हामीले विज्ञान र अनुसन्धानले देखाएको कुराबाट सुरु गर्नुपर्छ । कोभिड १९ खोपहरू बि’मारीबाट बचाउन असाधारण रूपमा प्रभावकारी छन्, विशेषगरी ग’म्भीर रो’गबाट ।
यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको हालैको डाटा (तथ्याङ्क)ले कोभिड–१९ पोजिटिभ हुने सम्भावना ६ गुणा र मृ’त्यु हुने सम्भावना ११ गुणा घटाएको देखाउँछ ।
यसको अर्थ यदि तपाईंले खोप लगाउनुभएको छ भने खोप नलगाएको व्यक्तिको तुलनामा तपाईंमा कोभिड १९ हुने सम्भावना ६ गुणा र मर्ने सम्भावना ११ गुणा कम हुन्छ । त्यो साच्चिकै उत्तम छ ।
यद्यपि, कोभिड १९ खोपले तपाईंलाई शत प्रतिशत बचाउँदैन । कुनै पनि खोपले गर्दैन, वस्तुतः कुनै पनि चिकित्सकीय उपचार शत प्रतिशत प्रभावकारी हुँदैन । यसको अर्थ खोपले काम गर्दैन भन्ने होइन, अथवा तपाईले यसरी लिनु हुँदैन ।
खोपका बावजुद के केही मानिसहरूमा कोभिड १९ बाट ग’म्भीर परिणामहरू देखिन सक्छन् ?
अँ, सिकेको कुराको आधारमा, जेनेरल पावेल यस वर्गमा पर्छन् । हामीलाई थाहा छ कि जो व्यक्ति बुढो (वृद्ध) छन् र उनीहरूको स्वास्थ्यस्थिति ठिक छैन भने ग’म्भीर बि’मारी हुने र सं’क्रमणपछि मृ’त्यु हुने सम्भावना बढी हुन्छ ।
विशेष जोखिममा ती मानिसहरू छन् जो ‘इम्युनोकम्प्रमाइज्ड’ (प्रतिरक्षा प्रणाली कमजोर भएका) छन् । मल्टिपल मायलोमा हुनुले जेनेरल पावेललाई यस वर्गभित्र राख्न सकिन्छ, र थप कुरा उनको बुढ्यौली उमेर हो, यसले जो’खिमको तहलाई थप गर्न सक्छ ।
ध्यान दिनुहोस्, कि ‘बुस्टर सट’ (थप खोप) सिफारिस गरिनेका कारणहरूमध्ये यो पनि एक हो ।
अगस्टमा फकौँ, संघीय स्वास्थ्य अधिकारीहरूले प्रतिरक्षा प्रणालीमा ठिकै वा ग’म्भीर क’मजोरी भएका फाइजर वा मोडेर्ना खोप लगाएका मानिसहरूलाई तेस्रो डोज खोप लगाउन सिफासिर गरे ।
उनीहरूले थप डोजका बावजुदपनि कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई थप सतर्कता अपनाउन चेतावनी दिए । त्यो किनभने यो वर्गका मानिसहरू विशेष रूपमा ग’म्भीर परिणामको लागि अति सं’वेदनशील हुन्छन् ।
सही हो । कोभिड १९ खोपलाई एउटा धेरै राम्रो रेनकोटको रूपमा लिनुहोस् । यसले तपाईंलाई सिमसिमे पानीबाट जोगाउन धेरै राम्ररी काम गर्छ ।
तर, यदि तपाईं आँधीबेहरीमा हुनुहन्छ, र त्यसपछि तुफान आउँछ, त्यहाँ त तपाईं भिज्ने सम्भावना झनै धेरै हुन्छ ।
यसको अर्थ तपाईंको रेनकोट बिग्रेको थियो भन्ने हुँदैन । यसको अर्थ तपाईं खराब मौसममा हुनुहुन्छ, र रेनकोट मात्रैले तपाईंलाई सधैँ नजोगाउन सक्छ ।
यदि तपाईं अत्यधिक भाइरसको वरिपरि हुनुहुन्छ भने त्यसले संक्रमित हुन सम्भावना पनि बढाउँछ । स’मस्या खोपको होइन, यो हो कि त्यहाँ अत्यधिक भाइसर तपाईंको वरिपरि छ ।
त्यसैले सकेसम्म धेरै मानिसहरूलाई खोप दिनु मुख्य कुरा हो । त्यसले सं’क्रमणको समग्र दर घटाउँछ र सबैलाई बचाउँछ ।
र, यदि तपाई धेरै भाइरस भएको क्षेत्रमा हुनुहुन्छ भने भित्री भीडभाड भएको ठाउँमा मास्क लगाउनाले सुरक्षाको एक तह थपिन्छ ।
र हामीले नबिर्सौँ कि हामीले हामीबीचको सबैभन्दा कमजोर मानिसहरूको रक्षाको लागि पनि खोप लगाउनुपर्छ, जो गम्भीर परिणामको लागि उच्च जोखिममा हुन्छन् ।
१३ राज्यमा ६ महिनाभर गरेको एक अध्ययनले पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरूमध्ये कोभिड–१९ बाट ४ प्रतिशत मात्रै अस्पताल भर्ना भएको देखाएको थियो ।
सीडिसीको अध्ययन अनुसार खोप लगाएको वयश्कको तुलनामा नलगाएका मानिसहरू अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी हुन्छ ।
अब हामीले चर्चा गरिसक्यौ कि कोही वृद्ध वा धेरै स्वास्थ्य समस्याहरू भएका व्यक्ति छन् भने अस्पताल भर्ना हुने र जीवन समाप्त हुने सम्भावना बढी हुन्छ ।
खोपमा विश्वास नहुनेहरूलाई खोप प्रभावकारी छ भन्न के भन्नुहुन्छ ?
म उनीहरूलाई ‘मेडिसिन’ (औषधि)को अध्य पक्षहरूको बारेमा सोच्न आग्रह गर्छु । भनौँ न कसैलाई मुटुको रो’ग छ । मुटु रो’ग उपचार गर्ने औषधिहरू छन्, तर तिनीहरू सय प्रतिशत प्रभावकारी छैनन्, कुनै पनि हुँदैन ।
केवल यसकारण कि कोही आफ्नो रो’गहरूसँगै अस्पतालमा समाप्त हुन्छ भने औषधिहरू खान–लिन लायक थिएन भन्ने होइन नि ।
अथवा, रोकथामको एउटा उदाहरण हेरौँ । भनौँ न कोही व्यक्तिले स्वस्थकर आहार गर्छ र धेरै नै व्यायाम गर्छ तैपनि उसलाई उच्च रक्तचाप र मधुमेह हुन सक्छ । यसको अर्थ आहार र व्यायाम ठिक थिएन भन्ने हुँदैन नि ।
यसको अर्थ रो’ग लाग्नबाट बच्न तपाईले सही कदम चाल्नुपर्छ भन्ने हुन्छ, तर कहिलेकाही तपाईलाई रो’ग लाग्न सक्छ ।
जनस्वास्थ्यको एउटा मुख्य पहेली हामीले रोकथामका बारेमा गर्ने काम पनि हो । जब रोकथाम असफल हुन्छ, तपाईंले अन्तिम नतिजा देख्नुहुन्छ, रोकथामकै कारण सबै जीवन बचाउन सकेको तपाईंले पाउनुहुन्न ।
नेसनल इन्स्टिट्युट अफ हेल्थको सहयोगमा भएको एक नमुना अध्ययनले पहिलो पाँच महिनामा उपलब्ध कोभिड १९ खोपले १ लाख ३९ हजार मृ’त्यु हुनबाट जोगाएको थियो ।
अमेरिकामा मे सम्म लगभग ५ लाख ७० हजार मानिस मरे । खोप नभएको भए ७ लाख ९ हजारको मृ’त्यु हुन सक्थ्यो ।
चुरो कुरो खोपहरूले काम गर्छन् । तिनीहरूले रो’ग सं’क्रमण हुने र ग’म्भीर रूपमा बि’रामी हुने र मर्ने सम्भावनालाई घटाउँछन् । तिनीहरू शत प्रतिशत छैनन् किनभने शतप्रतिशत केही हुँदैन ।
के खोपले जाडोयाममा भाइरसको पुनरोत्थानलाई पनि रोक्न सक्छ ?
अँ, यो उत्साहजनक छ कि कोभिड १९ सं’क्रमण संख्या कम भएको छ । यो ग्रीस्ममा देशलाई बर्बाद बनाएको भयानक डेल्टा लहर कम भइरहेको छ ।
यद्यपि, संक्रमणको अर्को लहरको सम्भावना छ, विशेषगरी केवल ५७ प्रतिशत अमेरिकी जनसंख्याले मात्र पूर्ण खोप लगाएको छ ।
यसको रोकथाम गर्नु हाम्रो क्षमताभित्रैको कुरा हो यसका लागि हामीले कति धेरै मानिसहरूलाई खोप लगाउँछौ भन्ने कुरामा निर्भर रहन्छ भन्ने डा. एन्टोनी फौचीको भनाईसँग म सहमत छु ।
अन्ततः कोभिड १९ बाट सबैको जो’खिम कम गर्ने––महामारी अन्त्य गर्ने साँचो––हामी सबैले खोप लगाउनु हो । यसले हामी र हाम्रा वरिपरिकालाई बचाउँछ । एजेन्सी



