Logo

चीनले सधै विश्वमा शान्ति कायम गर्छ : राष्ट्रपति शि


सोमबार चिनियाँ राष्ट्रपति शि जिनपिङले चीनले सधैँ विश्व शान्ति कायम राख्ने वचन दिएका छन् ।

अमेरिका लगायत विभिन्न देशहरुले चीनको विश्वव्यापी प्रभावबारे बारम्बार चि’न्ता जनाइरहेका बेला जिनपिङले यस्तो भनेका हुन् ।

यसअघि ताइवानले चीनसँगको सै’न्य त’नाव ४० वर्ष यताकै सबैभन्दा खरा’ब स्थितिमा पुगेको बताएपछि अमेरिका सहित विभिन्न देशहरुले ताइवानको समर्थनमा चीनको आ’लोचना गरेका थिए ।

संयुक्त राष्ट्र संघमा पुनः मान्यता पाएको ५० औँ वार्षिकोत्सवको समारोहमा बोल्दै जिनपिङले चीन सदैव विश्व शान्तिको निर्माता र अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक बन्ने बताएका हुन् ।

१९७१ मा संयुक्त राष्ट्र संघले पिपुल्स रिपब्लिक अफ चाइनालाई चीनको सिङ्गो प्रतिनिधिका रुपमा स्थापित गराएको थियो र ताइवानलाई विश्व समुदायबाट हटाएको थियो ।

शिले भनेका हुन्, “चीन सबै किसिमका दा’दागिरी र शक्ति प्र’दर्शनको राजनीति, एकतर्फी फैसला अनि संरक्षणवादको पूर्ण वि’रुद्धमा छ । ”

यसका साथै उनले क्षेत्रीय यु’द्ध, आ’तङ्कवाद, जलवायु परिवर्तन, साइबर सुरक्षा, जैविक सुरक्षा लगायतका मामिालामा विश्वव्यापी सहकारिता अझ बढाउन अपील पनि गरेका हुन् ।

उनले सबै मुलुकलाई शान्ति, विकास, न्याय, लोकतन्त्र, स्वतन्त्रता आदिको प्रचार गर्न र मानव हितको समान मूल्यको उपयोग गर्न भनेका हुन् ।

त्यसैगरी उनले विश्वव्यापी शासनमा सुधारहरु आवश्यक रहेको कुरा पनि उठाए र अन्तर्राष्ट्रिय नीति नियमहरु सम्बन्धी फैसला गर्दा केही मुलुकहरुले मात्र समुह बनाएर बाँकी विश्वको भविष्य निर्धारण गर्नुको सट्टा संयुक्त राष्ट्र संघका १९३ वटै सदस्य राष्ट्रले निर्णय लिन पाउनुपर्ने बताए । एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्