Logo

एमसीसी आवश्यक छ, र यो पास हुन्छ- परराष्ट्रमन्त्री खड्का


परराष्ट्रमन्त्री डा . नारायण खड्काले राजनीतिक दलहरूबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले सोमबार उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले एमसीसी पास गर्नु अहिलको आवश्यक रहेको भएपनि दलहरूको सहमतिविना पास गर्न सम्भव नरहेको बताए ।

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने उनको भनाइ छ ।

त्यस्तै उनले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराए ।

उनले यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताए ।

मन्त्री खड्काले त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको जानकारी पनि दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्