निर्देशक राजेश प्रसाद खत्रीद्वारा निर्देशित फिल्म ‘जुलुङ्गो’ (अ स्केरक्रो) ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ (युआइएफएफ) मा ‘युनिसेफ आइरिस ७५’ अवार्ड जितेको छ।

युनिसेफको अनुसन्धान कार्यालय – इनोचेन्टीले आयोजना गरेको महोत्सवले वर्तमान समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक देखाइएका फिल्महरुको उत्सव मनाउँछ।

इटालीको फ्लोरेन्समा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशबाट ३९ वटा फिल्म विशेष प्रदर्शन भए।

बालबालिकाबारे सिनेमा निर्माणमा उत्कृष्टताको पहिचान गर्न र संसारभरी बाल्यावस्थालाई विषयवस्तुको रूपमा अन्वेषण गर्न प्रोत्साहित गर्न युआइएफएफले आइरिस अवार्ड स्थापना गरेको हो।

यस वर्ष महोत्सवको दोस्रो संस्करणमा एक सय १४ देशबाट कुल १७ सय फिल्म प्राप्त भएको आयोजकले जानकारी दिए।

युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा ‘युनिसेफ ७५ आइरिस’ संसार भरी मनाइने यूआइएफएफको उत्कृष्ट सम्मान हो।

अन्तर्राष्ट्रिय निर्णायक मन्डलीले स्वशिक्षा प्राप्त नेपाली फिल्म निर्माता राजेश प्रसाद खत्रीद्वारा लिखित र निर्देशित ‘अ स्केरक्रो’ लाई शीर्ष पुरस्कारको लागि चयन गरेका छन्।

राजेश खत्री एक विद्यालयका शिक्षक पनि हुन् र वहाँको यस फिल्मले किशोरीलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई सही ढंगले चित्रण गर्छ।

‘दुर्गम गाउँको शिक्षक भएको हुनाले मैले निर्दोष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने सौभाग्य पाएको छु जहाँ सधैँ म प्रत्येक विद्यार्थीको चिसा घरहरू, भत्किएका सपनाहरू, र उनीहरूको आँसुसँगै मेरा भावनालाई अनुभव गर्न सक्छु।

ती सत्य कथाहरूलाई फिल्मको माध्यमबाट प्रस्तुत गरी म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु र ती कथा संसारका सबै भागमा पुग्ने आशा गर्दछु,’ खत्रीले भने।

निर्णायक मण्डलीले ‘ए स्केयरक्रो’लाई भिजुअल सिम्बोलिजम र बालअधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको बताएको छ।

निर्देशक खत्रीको यो फिल्मले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल  (निफ) मा पनि उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको थियो ।

यो फिल्म कोरियाको बुसान फिल्म फेस्टिभलमा पनि लघु फिल्म विधामा प्रतिस्पर्धामा रहेको थियो ।

महोत्सवमा विजेता बनेका फिल्महरूको सूची :

युनिसेफ ७५ आइरिस

राजेश प्रसाद खत्री द्वारा लिखित र निर्देशित ‘ए स्केयरक्रो’ हिमाली समुदायको परिवेशमा आधारित यो फिल्म आफ्नी आमालाई स्केयरक्रो (बुख्याचा) बनाउन सहयोग गर्न विद्यालय जानबाट बञ्चित भएकी किशोरीको कथा देखाउँछ।

सर्वश्रेष्ठ फिल्म (१८ भन्दा कम)

सामन्था सेलिन ओकोथद्वारा निर्देशित ‘द गेम’ नैरोबी बस्तीमा बसोबास गर्ने बालबालिकाको एक समूहद्वारा बनाइएको फिल्मले उनीहरुलाई मनपर्ने खेल खेल्नका लागि गरेको दृढ संकल्प र रचनात्मकताको कथा हो।

निर्णायक मण्डलीले किशोर फिल्म निर्माताहरूको कला साथै किशोरले आफ्नो लक्ष्य प्राप्तिका लागि परिस्थितिलाई बाधा बन्न दिँदैनन् भन्ने सन्देशलाई सराहना गरेर फिल्मलाई पुरस्कृत गरिएको हो।

सर्वश्रेष्ठ फिल्म (महामारीमा बाल्यवस्था)

अन्तरा : फरिद अहमदद्वारा लिखित र निर्देशित यो छोटो वृत्तचित्रले महामारीको कथा हो।

कथा बंगलादेशको घना बस्तीमा बस्ने एक जना किशोरीको नजरबाट भनिएको छ।

किशोर नायिकाले गुम्सिएको भावना व्यक्त गर्न सक्षम भएको कारण निर्णायक मण्डलीले यो फिल्म चयन गरेका हुन्।

सर्वश्रेष्ठ फिल्म (खुला श्रेणी – गैरआख्यान)

बिइङ समवान एल्स  : ओएभिन्द आम्लीद्वारा निर्मित र निर्देशित यो वृत्तचित्रले कमिक कनको लागि तयारी गर्दै गरेकी एउटी तेह्र बर्षीय पात्रलाई पछ्याउँछ र उनको असक्षमताको कारण उनलाई पर्ने प्रभावलाई प्रतिविम्बित गर्दछ।

अटिजम भएका बालबालिकालाई बुझ्ने यो नौलो परिप्रेक्ष्य भएको कारण निर्णायक मण्डलीले यो फिल्म चयन गरेका हुन्।

सर्वश्रेष्ठ फिल्म (खुला श्रेणी – आख्यान)

द नेम अफ द सन  : मार्टिना मात्ज्किनद्वारा लिखित र निर्देशित यो छोटो नाटक एउटा १३ वर्षीय ट्रान्सजेन्डर किशोरका बारेमा हो जो छुट्टीमा आफ्नो बुबा र कान्छी बहिनीसित एउटा यात्रामा निस्कन्छ।

यो नयाँ निकटताले उनीहरूको सम्बन्धको परीक्षा लिन्छ। निर्णायक मण्डलीले यो फिल्ममा बुबा र छोराबीचको सम्बन्धबारे गरिएको संवेदनशील चित्रणलाई प्रशंसा गर्दै छनोट गरे।

विशेष उल्लेख, निर्देशन

आइल्याण्ड लिभिङ  : भिक्टर सिगुर्योन्सनद्वारा निर्देशित आइसल्याण्डको पूर्वी फोजर्ड्सको पृष्ठभूमिमा निर्मित यस फिल्ममा एक जना किशोरले संगीतको शक्तिमार्फत् मित्र भेट्टाउँछन्।

तर ग्रीष्म ऋतुको अन्त्य सँगै उनले सामाजिक अनुरूपता अनुसार आफ्नो व्यक्तित्वलाई स्थापित गर्न सं’घर्ष गर्छन्।

दृश्यहरू बीचको सूक्ष्म भावनात्मक परिवर्तनहरूले यस प्रतिरोधलाई सुन्दरतापूर्वक कैद गरेको पक्ष निर्णायकलाई मन परेको बताइएको छ।

विशेष उल्लेख, लेखन

प्रश्न: सन्तोष रामद्वारा लिखित र निर्देशित मौसमी उखु मजदुरहरू कामका बसाइँ सर्नाले उनीहरूको छोराको शिक्षामा बाधा पुग्छ।

आर्थिक र जातीय यथार्थका बावजुद उनीहरूले एउटा बाटो खोज्छन्।

आफ्नो सरलता र संसारभरिका लाखौं बालबालिकालाई प्रभावित गर्न सक्ने सन्देशका कारण यो छोटो नाटकलाई शक्तिशाली मानिएको हो।

युआइएफएफ विशेष पुरस्कार 

इराकस लस्ट जेनरेसन  : उत्तरपूर्वी सिरियामा, हजारौं ‘आइएसआइएस’का बालबालिका बिना कुनै विद्यालय, सेवा र अधिकार जीवन व्यतित गरिरहेका छन्।

यो वृत्तचित्रले त्यस्ता बालबालिकासित भेट गराउँछ जो रेसिलियन्स र बदलाको परिस्थितिमा बाँचेर पनि आफ्नो भविष्य खोज्ने प्रयासमा छन्।

वृत्तचित्रमा आधुनिक यु’द्धले बालबालिकामा हुने विनाशकारी प्रभावबारे पनि चित्रण छ।

युआइएफएफ विशेष पुरस्कार 

द सिटी विदिन : अ’पांगताबारे नयाँ दृष्‍टिकोण प्रदान गर्ने यस फिल्मले दृष्टिविहीन पात्रको कथा भन्छ।

आफ्नो  इटालियन नागरिकताको पर्खाइमा रहेको र ब’न्दाब’न्दीको समयमा घरभित्र फसेको एउटा बालक तथा उनीहरूको घर भएको बोलोग्ना सहरबारे परिचय दिने यो आना डि मानिन्कोरद्वारा लिखित र निर्देशित फिल्म हो।