राष्ट्र बैंकद्वारा आठ वाणिज्य बैंकलाई का’रबाही
नेपाल राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकलाई का’रबाही गरेको छ ।
राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि ८ वटा बैंकलाई का’रबाही गरेको हो ।
राष्ट्र बैंकले अन्तिम त्रैमासमा मात्रै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै ३ बैंकलाई का’रवाही गरेको हो ।
राष्ट्र बैंकले चौथो त्रैमासमा नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ नगद जरिबाना गरेको छ ।
प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ नगद जरिबाना गरेको हो । हिमालयन बैंकलाई भने दुई पटक जरिबाना लगाएको छ ।
हिमालयन बैंकलाई प्रथम पटक १७ हजार १२२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८९९ रुपैयाँ नगद जरिबाना गरेको नेपाल राष्ट्र बैंकको बैंक सुपेरीवेक्षण विभागले जनाएको छ ।
तेस्रो त्रैमासमा सिभिल बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन उलंघन गरेको भन्दै १० लाख रिबाना गरेको हो ।
यस्तै सोही त्रैमासमा बैंकलाइर्ए राष्ट्र बैंकले ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ ।
तेस्रो त्रैमासमा नै राष्ट्र बैंकले प्रभु बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशनमा गरेको व्यवस्था वि’परित प्रभु बैंक, प्रभु मनि ट्रान्सफरबीच कारोबार गरेको भन्दै बैंकको तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन, सञ्चालकहरु शंकरप्रसाद कालिकोटा, रमेश सिंह खड्का, अम्बिका शर्मा लामिछाने, पुष्पबहादुर प्रधान, दक्ष पौडेल र सीईओ अशोक राणालाई सचेत गराएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
त्यस्तै केन्द्रीय बैंकले दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै ५७ लाख ८४ हजार ६१७ रुपैयाँ जरिबाना गरेको छ ।
यस्तै बैंकलाई अन्य कारवाहीस्वरुप सचेतसमेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई पनि सचेत गराएको जनाएको छ ।
दोस्रो त्रैमासमा नै राष्ट्रिय वाणिज्य बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको पालन नगरेको भन्दै २० लाख रुपैयाँ नगद जरिबाना गराएको जनाएको छ ।



