Logo

विश्व खेलकुदमा आज ५ महाभिडन्त


विश्व खेलकुदमा आइतबार (आज) ५ महाभिडन्त हुँदैछन् । जसमा युरोपका चार अलग फुटबल लिगका ४ खेल र आइसिसी टि ट्वान्टीको सुपर १२ अन्तर्गतको एउटा खेल हुनेछन् ।

स्पेनिस ला लिगामा आज एल क्लासिकोको नामले परिचित बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै, प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर युनाइटेड, लिग वानमा पिएसजी र मार्से तथा इटालियन सिरि ‘ए’मा इन्टर र युभेन्ट्सले बीच महाभिडन्त हुँदैछन् ।

उता क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई देशकै प्रतिस्पर्धाको रुपमा हेरिनेछ ।

संयुक्त अरब इमिरेट्स (युइए) र ओमानमा जारी आइसिसी टि ट्वान्टीको सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्।

भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो।

सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ।

क्रिस्टियानो रोनाल्डोको पूनरागमनपछि उत्साहित युनाइटेडले दमदार सुरुवात गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेको छैन । प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा  र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्।

आइतबार राति नै सिजनको पहिलो एल क्लासिको भिडन्त हुनेछ। ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले आफ्नो मैदानमा रियल म्याड्रिडसँग भिड्दैछ।

बार्सिलोनाले सिजनको कमजोर  सुरुवात गरेको छ । त्यसअर्थ टोली दबाबमा हुनेछ । यद्दपी टोली विस्तारै सुधारिएको प्रदर्शन गरेको छ ।

सिजनको पहिलो एल क्लासिको खेल्नुअघि रियल १७ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने बार्सिलोना १५ अंक जोड्दै सातौं स्थानमा छ ।

खेल नेपाली समय अनुसार राती ८ः०० बजे सुरु हुनेछ ।

फ्रेञ्च लिग वानमा आइतबार राति पिएसजी र मार्सेबीच खेल हुँदैछ। खेल राति १२:३० मार्सेको मैदानमा हुनेछ। नेयमार र केलियन एमबाप्पे जस्ता सुपर स्टार रहेको पिएसजीमा यो सिजन मेस्सी पुगेपछि टोली थप मजबुद भएको विश्वास गरिन्छ ।

२७ अंकका साथ पिएसजी शीर्षस्थानमा छ भने १७ अंक जोडेको मार्से तेस्रो स्थानमा छ ।

यता ‘इटालियन सिरि ए’ मा साविक विजेता इन्टर मिलान र ३६ पटकको च्याम्पियन युभेन्ट्सबीच खेल हुनेछ।

च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा निकालिरहेको युभेन्ट्स सिरि एको अंक तालिकामा भने १४ अंकसहित सातौं स्थानमा रहेको छ ।

इन्टर भने १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । इन्टरको मैदानमा खेल नेपाली समय अनुसार राती १२ः३० बजे सुरु हुनेछ ।एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्