गायक राजेश पायाल राई र जुनी खालिङ राईको ‘ए साईला’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं – गायक राजेश पायल राई र गायिका जुनी खालिङ राईको युगल आवाजमा रहेको ‘ए साईला’ गीत स्टुडियो लिप्सिङ भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत सार्वजिनको गरिएको छ।
चर्चित युवा संगीतकार अनिल कोयी राईले संगीत भरेका उक्त गीत ओपल स्टुडियोमा रेकर्डिङ गरिएको हो।
सार्वजनिक गीतको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने विप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ मास्टरिङ गरेका हुन्।
सार्वजनिक गीत निर्माणमा मकाउमा गठीत विभिन्न जातिय संघ संस्था, संगीत प्रेमी मानुभावहरुको सहयोगमा यो गीत सार्वजनिक भएको गीतकार राईले बताए।
हरेको दृष्टिकोणले सहयोग गर्नु हुने तमाम संगीत प्रेमी मानुभावहरुमा विशेष आभार प्रकट गरेका छन् ।
कोरोना माहामारीका कारण सार्वजनिक गर्न केही विलम्ब भएको गीत हिजो सार्वजनिक गरिएको हो ।
सार्वजनिक म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन्।
अमृत चापागाईले कलर गरेका गीत जनता डिजिटल फ्लिम प्रालिले निर्माण गरेको हो।
म्युजिक भिडियो यहाँ हेर्नुस्



