Logo

ओली सरकारले पाएको तीन वर्ष व्यर्थमा खेर फाले – गगन थापा


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले वर्तमान व्यवस्था गुम्ने ख’तरा रहेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १२औँ महाधिवेशनमा बोल्दै नेता थापाले व्यवस्था अनुरूप जनतालाई ‘डेलिभर’ दिन नसके विकल्पको खोजी हुनसक्ने बताए ।

उनले वर्तमान सरकारलाई मिलेको अवसर गुमाउने छुट नभएको पनि बताए ।

सरकारले समय अनुकूल सेवा प्रदान गर्न नसके नयाँ-नयाँ राजनीतिक स्टन्ट गर्ने मानिसहरूको संख्या थपिने उनको भनाइ छ ।

‘अहिले पनि प्रदेश हटाऊ, गणतन्त्र हटाऊ’ भन्ने आवाज सुनिएको भन्दै उनले उपलब्ध भएको अवसर खेर फाल्न नुहनेमा जोड दिए ।

“हामीले काम गरेर देखाउँदै जनतालाई डेलिभिर दिन सकेनौ भने हामीले छोडेर आएका शक्तिहरू विस्तारै-विस्तारै सलबलाउन थाल्छन् । त्यसैले आएको अवसर खेर फाल्नु हुँदैन,” उनले भने ।

नेता थापाले तत्कालीन केपी ओली सरकारले पाएको तीन वर्ष व्यर्थमा खेर फालेको जिकिर गरे ।

“बलियो सरकार चाहिन्छ तर, एउटै दलको बहुमत आउँदा पनि सर्भिस दिन सकेन,” उनले भने ।

अर्को प्रसंगमा उनले वर्तमान विश्वमा चीन र भारतलाई केन्द्र बनाएर आर्थिक र राजनीतिक गतिविधिहरू भइरहेको भन्दै त्यसको लाभ नेपालले लिनुपर्नेमा जोड दिए ।

“यो प्रक्रिया अझै १५-२० वर्षसम्म रहन्छ । त्यस अवधिमा हामीले लाभ लिन सक्नुपर्छ नभए हामी चुक्छौँ,” उनले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्