Logo

अधिवेशन गर्न नसक्ने कांग्रेसले कसरी देश विकास गर्छ – प्रकाशमान सिंह


नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले समयमै महाधिवेशन गर्न नसक्दा आलोचना खेप्नुपरेको बताएका छन्।

पार्टीको नेतृत्व विधि पद्धतीअनुसार नचल्दा पार्टी नै कमजोर भइरहेको सिंह बताउँछन्।

उनले अब हुने महाधिवेशनबाट सक्षम नेतृत्व चयन गरिनुपर्ने पनि बताए।

धादिङको धुनीवेशी नगर कार्यसमितिको कार्यालय आज उद्घाटन गर्दै सिंहले भने, ‘अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेका छन्।’

उनले १४ औं महाधिवेशन मंसिर ९ मै हुनुपर्ने पनि बताए।

‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ।

क्रियाशिल सदस्यता विधि र पद्धतीअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्