Logo

मन्त्रिपरिषद् बैठकका निर्णय यी हुन्


सरकारले प्राकृतिक वि’पत्तिमा परी मृ’त्यु भएकाका परिवारलाई राहतस्वरूप रकम दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृ’त्यु भएकाका परिवारलाई राहत दिने र घा’इतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री बालकृष्ण खाँणले परिवारमा एकजनाको मृ’त्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको पनि मृ’त्यु भए एक लाख थपेर दिने निर्णय भएको बताए ।

घा’इतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

प्राकृतिक वि’पत्तिमा घा’इते भएका तथा फसेका मानिसको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टरले मात्र नपुगे निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय भएको उनले बताए ।

वि’पत्मा परी घरबारविहीन भएकालाई पनि राहत दिइने भएको छ ।

सरकारले हिमाली क्षेत्रमा एउटा घर निर्माणका लागि पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

पहाडी क्षेत्रमा चार लाख र तराईमा तीन लाख दिने निर्णय भएको छ ।

यस्तै, जमिन नभएकाहरूका लागि जमिन खरिद गर्न थप तीन लाख दिने र त्यो पनि सम्भव नभए सरकारले सामूहिक रूपमा आवास निर्माण गर्ने निर्णय भएको मन्त्री खाँणले जानकारी दिए ।

किसानका बालीको क्ष’तिको आकलन र तथ्यांक संकलन गर्ने निर्णय पनि भएको छ ।

यस्तै, राजमार्गको अवरोध खोल्ने, अवरुद्ध विद्युत् र सञ्चार सेवा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्