Logo

एमसिसी नेपालको हितमा छ, अमेरिका ‘करेक्सन’ गर्न तयार छ – प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा रहेको बताएका छन्।

एमसिसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको पनि प्रधानमन्त्री देउवा बताउँछन्।

गोरखापत्रलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन।

एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो, ब्याजमा होइन यो। ऋण होइन, अनुदान हो।’

केही तत्वहरूले एमसिसीको नाममा बखेडा गर्न खोजेको आरोप देउवाको छ।

‘केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन्।

त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ। त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको छ।’

एमसिसी अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको पनि प्रधानमन्त्री देउवाले बताए।

‘वास्तवमा विश्व बैङ्ककै कुरा गर्ने हो भने ऊसँग झ’गडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ।

एडीबी, आईएमएफमा पनि त्यही हो। तिनका जति पनि ऋण छन् त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जान्छ।

नेपालको कानुनले हेर्नै पाउँदैन। यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको छ,’ उनले भनेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्