Logo

‘अरुण वारी’ गीत सार्वजनिक


काठमाण्डौं – चर्चित युवा संगीतकार आशकुमार राई र गीतकार धिरज राईको ‘अरुण वारी’ गीत सार्वजनिक भएको छ । एक फरक र ऐतिहासिक गीत भोजपुरको बारे आएको हो ।

‘अरुण वारी’ गीतको अफिसिय म्युजिक भिडियो नेपाल म्युजिक युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित गायक तथा संगीतकार कृष्णभक्त राई, चर्चित गायिकहरु कला राई, लीला राई र गायक रबिन्द्र राईले स्वर दिएको छन ।

प्रस्तुत गीतमा शब्द धिरज राई, संगीत आशकुमार राई र संगीत संयोजन कृष्णभक्त राईको रहेको छ ।

यस गीतको स्टुडियो भर्सनको भिडीयो आएको छ, जसमा रेकडिस्ट मनोज सामसोन राई , मिक्सिङ र साउन्ड रेकर्ड राजु कार्किले गरिएको हुन ।

यस गीतलाई किङ् स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतको भिडियो छायाङकङ तथा सम्पादन नराेत्तम पाण्डेले गरेको हुन ।

भोजपुर जिल्लामा ९ स्था निय निकाय रहेको छ, जसमा दुई नगरपालिका षढानन्द नपा तथा भोजपुरा नगरपालिका र ७ गाउँपालिका साल्पासिलिछो गापा, ट्याम्केमैयुङ गापा, रामप्रसाद राई गापा, आमचोक गापा, अरुणा गापा, पौवाढुङमा गापा, हतुवागढी गाउँपालिकाहरु रहेको छन ।

त्यसैको ईतिहास, राजनीति, सभ्यता, प्रकृति, संस्कृति, जनजिबन बारे पूर्णरुपमा गीतमा भोजपुर जिल्लाको समग्र परिचयसहित बर्णन गरेको पाईन्छ । यस गीतमा एक शब्दमा भन्नुपर्दा सिंगो भोजपुरको सचित्रण गरेको पाईन्छ ।

यस गीतलाई भोजपुर आन्को यात्रा  टिमले निमार्ण गरेको हुन । यो टिम एउटा जुजारु र जोशिलो भोजपुरका युवाहरु रहेको छन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्