गन्धर्व जातिमाथि अ’पमान र छु’वाछुतकै कारण सारङ्गी र मालश्री गाउने पुख्र्यौली पेशा लोपमा
दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ ।
गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ ।
परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन नसक्दा सं’कटमा परेको हो ।
सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई मोहित बनाउँछ ।
तानसेन नगरापालिकाको बसपार्कका रामबहादुर गन्धर्व अहिले ७० वर्ष भए ।
मालश्री गीत गाउन पहिला रातिको तीन बजे नै जाने चलन थियो । मालश्री गीत गाउने युवा प्रशस्त हुने भएपनि अहिले कोही पनि नभएको गन्धर्वको मन खि’न्न छ ।
पहिला जस्तो सारङ्गी बजाउने विशेष रुचि नहुँदा दसैँमा मालश्री र अन्य समय सारङ्गी बजाइ गीत गाउने चलन हराएको हो ।
मालश्री गीत गाउन उमेर जति पाको हुनुभयो, सारङ्गी बजाउन रहर त्यति नै जागेको छ, तर बढेसकाल लागेकोले रहरले मात्र भएन, गाउँ बस्ती पुगेर गीत गाउन सकिँदैन ।
अहिले सारङ्गीको धुनसँगै गीत गाउने क्षमता भएका जिल्लाकै एउटा पात्र रामबहादुर गन्धर्व मात्र हुन ।
गन्धर्व जातिमाथि अ’पमान र छु’वाछुतकै कारण युवा पुस्ता यो पेशाबाट विस्थापित भएका छन् । युवा पुस्ता सारङ्गी बजाउने पेशामा आकर्षित हुन सकेको छैन ।
सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो ।
सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो ।
अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ ।
गन्धर्व जातिकोे बस्ती रहेको युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत बजाउने पेशा सं’कटमा परेको हो ।
नेपाली मौलिक लोकबाजा र लोक संस्कृतिको झल्को सारङ्गी रेटेर गीत गाउँदा आउने गर्छ ।
गैरदलित समुदायले गीत गएर ठूला महलदेखि सवारीसाधन किन्न सक्ने स्थिति हुने, गन्धर्व जातिले गीत गाउँदा जीवीकोपार्जनमा स’मस्याले युवाको आकर्षण हुन नसकेको गन्धर्व टोल विकास समितिका पूर्व अध्यक्ष दिनेश गन्धर्व बताए।
तानसेन नगरपालिका सहित रम्भा र रिब्दिकोट गाउँपालिकामा गन्धर्व जातिको बसोबास छ ।
गीतसंगीतमा यसको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।
सारङ्गी बजाउने अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ ।
गन्धर्व समुदायका सारङ्गी बजाउन सीप भएपनि राज्यको वेवास्ताका कारण अन्य पेशामा लाग्नुपर्ने बाध्यता सिर्जना भएको हो ।
स्थानीयवासी शालिकराम गन्धर्वका अनुसार छोरा छोरीले लेखपढ गरेपनि स्वदेशमा काम नपाइदा रोजगारीका लागि अन्यत्र जादा यो पेशा संकटमा परेको हो ।
सारङ्गी बाजा बजाई जीवीकोपार्जन गर्न अझै पनि स’मस्या हुँदा यो पेशा छाडेको गन्धर्वको भनाइ छ ।
गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनुमा सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक रहेको दलित अधिकारकर्मीको भनाइ छ ।
गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन सकेको छैनन् ।
सारङ्गी बजाउन पेशालाई निरन्तरता दिन गन्धर्व जाति बाहेकका युवा पुस्तालाई आकर्षित गर्न सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा दलित अधिकारकर्मी तीर्थप्रसाद गौतम जोड दिन्छन् । रासस



