Logo

प्रधानमन्त्रीले जनताको दुः’खलाई बेवास्ता गरे – प्रकाशमान सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्नेमा उनको जोड थियो ।

उनले सरकार, सत्तारूढ गठबन्धनमा आबद्ध दलाका नेता र स्वयं प्रधानन्यायाधीश राणाले पनि हमालको विषयमा स्पष्टीकरण दिनुपर्ने बताए ।

मंगलबार बुटवल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गरेको गल्तीको स्पष्टीकरण नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिनुपरेको बताए ।

“ग’ल्ती सरकार विस्तारमा भयो अनि जवाफचाहिँ हामीले दिनुपर्ने ?,” उनले भने, “प्रचण्डजीले कांग्रेस हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनुपर्‍यो नि ।

यो विषयमा प्रधानन्यायाधीश पनि वि’वादमा तानिएकाले स्पष्टीकरण दिनुपर्छ ।”

नेता सिंहले प्रधानमन्त्री देउवालाई त्यति बेलाको आईजीपीकाण्ड र सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअ’भियोग लगाउँदा कांग्रेसले भोग्नुपरेको नतिजा सम्झन पनि अनुरोध गरे ।

कांग्रेससँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले रुपन्देहीको मोतिपुर घटनाको यथार्थ सार्वजनिक गर्न माग गरे ।

गोली लागेर चारजनाको ज्या’न जानु दुः’खद भन्दै उनले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाए ।

उनले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्रीले जनताको दुः’खलाई बेवास्ता गरेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्