Logo

अहिलेको सरकार स’ङ्कटकालीन अवस्थामा निर्माण भएको छ – अशोक राई


जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन्।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन्।

उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।”

अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए ।

गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो ।

अहिलेको सरकार स’ङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए। रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्