Logo

एउटाले अर्कोलाई प्र’हार गर्छौं, घा’इते चाहिँ चलचित्र उद्योग – दीपकराज गिरी


हास्य कलाकार दीपकराज गिरीले अहिले वि’वाद गरे बस्ने समय नभएको बताएका छन् ।

चलचित्र उद्योग शून्य अवस्थामा रहेका बेला एकले अर्कोलाई असहयोग र वि’वादभन्दा पनि सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाली चलचित्र हलमा आएको अहिलेको अवस्थामा सबैले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

“मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ साथी । पहिले खस्थ्यो बैरीमाथि, अहिले खस्छु भन्छ आफन्तै माथि ।

हामी चलचित्रकर्मीलाई यस्तै भएको छ अहिले” दीपक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “एउटाले अर्कोलाई प्र’हार गर्छौं, घा’इते चाहिँ चलचित्र उद्योग हुँदैछ ।”

फेसबुक, टिकटक, फिल्मिन्यूजहरूले आफ्नै बौद्धिकतालाई जिस्काइरहे झै लाग्ने गरेको भन्दै उनी अगाडि लेख्छन्, “उसलाई परेको हो, मलाई होइन भनेर चुप बस्ने अवस्था पनि छैन ।

अलिअलि छिट्टा त हामी सबैलाई परेको छ, पर्छ पनि । त्यसैले बन्द गरौं ब्यर्थका बहसहरू ।

आरोप प्रत्यारोपहरू । जसले हरेक दिन हाम्रै उचाइ घटाइरहेको छ ।”

धेरैपछि रिलिज भएको चलचित्र ‘डाँडाको वरपीपल’लाई थप वि’वादित नबनाउन पनि उनले आग्रह गरेका छन् ।

“महान को हो त्यो निर्णय हामीले गर्ने होइन । त्यसैले हामीले आआफ्नो गल्ती स्विकार गरेर हातेमालो गरेर क’मजोर भएको उद्योगलाई मिलेर उचालौं,” उनले लेखेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्