साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल प’राजित भयो।

आइतबार रातिमाल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई १-० गोलले प’राजित गर्‍यो।

जारी प्रतियोगितामा नेपालको यो पहिलो हा’र हो भने भारतको पहिलो जित हो।

खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको खेलमा सन्तुष्टि जनाए।

‘हामीले राम्रो खेल्यौं। एक गल्ति गर्‍यौं। त्यसैमा एक गोल खायौं। हामी फिनिसिङमा भाग्यमानी हुन सकेनौं।

सबै कुरा ठिक छ। अब हामीसँग फाइनल पुग्न एक मात्र अवसर बाँकी छ। हामी बंगलादेशलाई हराउनेछौं र फाइनल पुग्नेछौं।

अब हामी अर्को खेलका लागि काम गर्नेछौं,’ उनले खेलपछि भने। नेपालले भारतविरुद्ध रक्षात्मक खेलेको हो ? भन्ने प्रश्नमा अलमुताइरीले नेपालले रक्षात्मक नखेलेको दाबी गरे।

‘नेपालले बल गुमाएको अवस्थामा ५-४-१ ले खेलेका हौं। आफूले बल पाएको अवस्थमा ३-४-३ को रणनीतिमा खेलेका हौं,’ उनले आफ्नो रणनीति बारे भने।

उनले आफूले खेल हारेको तर खेलाडीले नहारेको प्रतिक्रिया दिए। उनले हारको जिम्मेवारी आफ्नो भएको बताउँदै खेलाडीलाई कुनै दो’ष नदिन आग्रह गरे।

‘हारको जिम्मेवार म हुँ खेलाडी होइनन्,’ उनले भने।

साफ च्याम्पियनसिप २०२१ मा अब समूह चरणका अन्तिम दुई खेल बाँकी छन्। आगामी बुधबार नेपाल र बंगलादेश तथा आयोजक माल्दिभ्स र भारतबीच खेल हुनेछ।

यी दुई खेलपछि फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ। दिउँसो ४:४५ बजे नेपाल र बंगलादेशबीच खेल हुँदैछ।

नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरीको खाँचो छ। बंगलादेशलाई भने जित आवश्यक छ।

राति ९:४५ बजे हुने खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।

अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक छ।

भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ। १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ।