Logo

साफ च्याम्पियनसिपमा माल्दिभ्सको दोस्रो जित, श्रीलंका बाहिरियो


साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आयोजक माल्दिभ्सले दोस्रो जित हात पारेको छ।

माल्दिभ्सले आइतबारसाँझ सकिएको खेलमा श्रीलंकालाई १-० गोलले ह’रायो।

माल्दिभ्सको जितमा अली अस्फाकले खेलको छैटौं मिनेटमा गोल गरेका थिए।

अघिल्लो खेलमा माल्दिभ्सले बंगलादेशलाई २-० गोलले ह’राएको थियो।

पहिलो खेलमा माल्दिभ्सलाई नेपालले १-० गोलले ह’राएको थियो।जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको माल्दिभ्सले ३ खेलबाट ६ अंक जोडेको छ।

दुई खेलमा दुई जित निकालेर ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ।

नेपालले आज राति ९:४५ बजे सात पटकको च्याम्पियन भारतसँग खेल्दैछ।

खेलमा जित निकाले नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुग्नेछ।

यता चार खेलमा तीन हा’र र एक बराबरी खेलेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्