Logo

स्वतन्त्रता र सार्वभौमिकता नदिने चीनको बाटोमा हिड्न ताइवान बा’ध्य हुने छैन – राष्ट्रपति साइ


ताइवानकी राष्ट्रपति साइ इङ–वेनले चीनको द’बावबाट ताइवान नझुक्ने बताएकी छन् ।

चीन–ताइवानबीच वि’वाद चुलिएको बेला राष्ट्रपति साइले ताइवानको प्रजातान्त्रिक जीवन पद्धतिलाई निरन्तरता दिने बताइन् ।

“चीनबाट जति ठूलो द’बावको सामना गर्छौ हामीले त्यति धेरै प्राप्त गछौँ”, उनले भनिन् ।

चिनिया राष्टपति सी जिन पिङले पुनः एकीकरण पूरा गर्ने वाचा गरेको भोलिपल्ट ताइवानको राष्ट्रिय दिवशको अवसरमा साइको वक्तव्य आएको हो ।

ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र मान्छ भने चीनले आफ्नो छुट्टिएको प्रान्तको रूपमा लिन्छ ।

बेइजिङले एकताको लागि बल प्रयोग गर्न सक्ने सम्भावनलाई अस्वीकार गरेको छैन ।

उसले हालैका दिनहरूमा ताइवानको एयर डिफेन्स जोनमा थुप्रै सैन्य विमानहरू पठाएको थियो ।

चीनको यस कदमलाई केही विश्लेषकहरूले ताइवानी राष्ट्रपतिलाई दिइएको चे’तावनी हुन सक्ने बताएका छन् ।

राष्ट्रपति साइले ताइवान प्रजातन्त्र रक्षाको पहिलो घेरामा रहेको भन्दै स्वतन्त्रता, प्रजातन्त्र वा सार्वभौमिकता नदिने चीनको बाटोमा हिड्न बाध्य हुन नसक्ने बताएकी छन् ।

उनले चिनिया सैन्य विमानहरूको ताइवानको एयर डिफेन्स जोनमा भएको उडानहरूले ताइवानको राष्ट्रिय सुरक्षा र उड्डयन सुरक्षामा ग’म्भीर रूपमा असर परेको बताइन् ।

अहिलेको अवस्था विगत ७२ वर्षमै जटिल र तरल बनेको उनको भनाई छ ।

साइले ताइवानले हतारमा काम नगर्ने तर आफ्नो प्रतिरक्षालाई बढाउने बताइन् । ‘

उनले वि’खण्डनवादी भनी बेइजिङले लगाउने आरोप पनि अस्वीकार गरेकी छन् ।

शनिबार चिनिया राष्ट्रपति सी जिन पिङले ताइवानलाई शान्तिपूर्ण रूपमा पुनः एकीकरण गर्ने वाचा गर्दै वि’खण्डनवाद विरुद्ध चीनको “गौरवमय परम्परा” रहेको भन्दै चे’तावनी पनि दिएका थिए । एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्