Logo

थुनुवाको मृ’त्युपछि सुनसरी त’नावग्र’स्त, अ’श्रुग्यास प्र’हार


प्रहरी हि’रासतमा रहेका थुनुवाको मृ’त्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर त’नावग्र’स्त बनेको छ ।

आइतबार पी’डितका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आ’क्रमण थालेपछि दोहोरो झ’डप समेत भएको छ ।

ढुंगामुढापश्चात् प्रहरीले प्र’दर्शनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्र’हार गरेको छ ।

झ’डपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घा’इते भएका छन् ।

प्र’दर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अ’वरुद्ध पारेका छन् ।

उनीहरूले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको ‘ह’त्या गरेको’ भन्दै ला’स नबुझ्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट हा’त्मह’त्या गरेको देखिएकाले प्रहरीमाथि आ’क्षेप लगाउनु उचित नहुने बताए ।

उनले घ’टना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने जानकारी दिए ।

झ’डपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ ।

कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अ’भद्र व्यवहार मु’द्दामा प’क्राउ परेका भोक्राहा गाउँपालिका–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए ।

पी’डित पक्षले भने ‘केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको’ बताएका छन् ।

उनीहरूले युवतीलाई परिवार पक्षले छुटाएर लगेको र युवकलाई अ’भद्र व्यवहारमा मु’द्दा चलाइएकोमा थुनामै मृ’त्यु हुनु सुनियोजित भएको दाबी गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्