रुसमा एकैदिन ९२९ जनाको मृ’त्यु
मुन्धुमस्टार
रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृ’त्यु भएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृ’त्यु भएको छ ।
योसँगै रुसमा अहिलेसम्म कुल मृ’तकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ ।
कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृ’तकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ ।
अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।
यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृ’त्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए ।
रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामा’री थप फैलिदै गएको छ । एजेन्सी



