नेपाली ‘हरर’ चलचित्र ‘कठपुतली–द पपेट’ ले अमेरिकाको प्रतिष्ठित अन्तराष्ट्रिय फिल्म फेस्टिबल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको छ ।
सेप्टेम्बर २३ देखि अक्टोबर २ तारिखसमम चलेको फेस्टिबलमा कठपुतलीले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डि पिक्स अवार्ड’ जित्न सफल भएको हो ।
यस हरर चलचित्रमा अभिनेत्री मिथिला शर्मा, गौरी मल्ल, उषा रजक र शिल्पा मास्क, मुख्य भूमिकामा छन् ।
सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् ।
चलचित्र यही वर्ष नेपालमा रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
