चितवन प्रशासनले भरतपुरमा ६ वटा मेडिकललाई का’रबाही गरेको छ।

भरतपुरको चौबीस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई ५ हजार रुपैयाँदेखि ३ लाखसम्म ज’रिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीकाअनुसार का’रबाहीमा पर्नेमा नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् ।

उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई ३-३ लाख रुपैयाँ ज’रिवाना गरिएको छ।

मिराकल फर्मालाई २ लाख ५० हजार, रिजन फार्मेसीलाई २० हजार र अपोलो डेन्टल क्लिनिकलाई ५ हजार ज’रिवाना तोकिएको छ ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, म्याद सकिएका औषधि छुट्टै नराखी एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेको लगायत कारण उनीहरूलाई कारबाही गरिएको शर्माले बताए।

चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ ।