Logo

प्राविधिक स’मस्या नभएको ,क्याप्टेनले बाहिरी सूचनामा मात्र भर पर्दा स’मस्या देखिएको बुद्ध एयरको निष्कर्ष


विराटनगरमा ल्याण्ड गर्ने क्रममा बुद्ध एयरको जहाजको ल्यान्डिङ गियर नखुलेको विषय प्राविधिक स’मस्याका कारण नभएको बुद्ध एयरले जनाएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणलाई सोमबार आन्तरिक प्रतिवेदन बुझाउँदै बुद्ध एयरले उक्त जहाजमा कुनै प्राविधिक स’मस्या नदेखिएको दाबी गरेको हो ।

जहाजमा ल्यान्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इन्डिकेटरले स्पष्टरुपमा काम गरेको र प्राइमरी इन्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरेको प्रतिवेदनमा जनाइएको छ ।

चालक दल बाह्य स्रोतमा बढी भर पर्दा त्यस्तो हुन गएको रिपोर्टमा निष्कर्ष निकालिएको छ ।

उक्त प्रकरणको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि छानबिन गरिरहेको छ ।

आन्तरिक छानबिनका क्रममा बुद्ध एअरले उक्त जहाजका चालक दललाई अस्थायी प्र’तिबन्ध लगाएको छ भने सो जहाजले उडान भरिरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्