विराटनगरमा ल्याण्ड गर्ने क्रममा बुद्ध एयरको जहाजको ल्यान्डिङ गियर नखुलेको विषय प्राविधिक स’मस्याका कारण नभएको बुद्ध एयरले जनाएको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणलाई सोमबार आन्तरिक प्रतिवेदन बुझाउँदै बुद्ध एयरले उक्त जहाजमा कुनै प्राविधिक स’मस्या नदेखिएको दाबी गरेको हो ।
जहाजमा ल्यान्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इन्डिकेटरले स्पष्टरुपमा काम गरेको र प्राइमरी इन्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरेको प्रतिवेदनमा जनाइएको छ ।
चालक दल बाह्य स्रोतमा बढी भर पर्दा त्यस्तो हुन गएको रिपोर्टमा निष्कर्ष निकालिएको छ ।
उक्त प्रकरणको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि छानबिन गरिरहेको छ ।
आन्तरिक छानबिनका क्रममा बुद्ध एअरले उक्त जहाजका चालक दललाई अस्थायी प्र’तिबन्ध लगाएको छ भने सो जहाजले उडान भरिरहेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
