काठमाण्डौ – नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको ‘किरात मुन्दुम विषय समिति’को सदस्य पदमा डा. सुकराज राईलाई मनोनित गरेको छ ।

विगत तीसौं वर्ष यता प्राध्यापन क्षेत्रमा संलग्न हुँदै पछिल्लो समय मुन्दुमको अध्ययन्/अनुसन्धानमा डा. सुकराज राई लागेको थिए ।

बिद्यालय पाठयक्रम तथा पाठयसामाग्री बिकास तथा बितरण निर्देशिका २०७६ को परिच्छेद ६ को उपदफा अनुसार मनोनयन गरिएको हो ।

असोज १९ गरे बसेको बैठकले ‘किरात मुन्दुम विषय समिति’को सदस्य पदमा मनोनयन गरेको हो ।

कवि तथा गीतकार खुकसुङ खम्बु फेसबुकमा स्टाटस लेख्नुहुन्छ, ‘लोकतान्त्रिक गणतन्त्र नेपाल बने यता देशलाई सबैको साझा बनाउने साना, मसिना भएपनि प्रयासहरु हुँदै आएका छन् । यसै मेसोमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको ‘किरात मुन्दुम विषय समिति’को सदस्य पदमा विगत तीसौं वर्ष यता प्राध्यापन क्षेत्रमा संलग्न हुँदै पछिल्लो समय मुन्दुमको अध्ययन्/अनुसन्धानमा लागि परेका आदरणीय डा. सुकराज राई मनोनयन हुनुभएकोमा दाइलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’