साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकावि’रुद्ध भि’ड्दै
साफ च्याम्पियनसिप-२०२१ अन्तर्गत सोमबार नेपाली राष्ट्रिय फुटबल टोलीले श्रीलंकाको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले ह’राएर नेपालले विजयी सुरुआत गरेको थियो ।
श्रीलंकावि’रुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ ।
श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै प’राजित भएको थियो ।
त्यसैले नेपालवि’रुद्ध उनीहरु आफ्नो अनुकुल नतिजा निकाल्नका लागि खेल्दैछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकावि’रुद्ध जितको लागि सचेत भएर खेल्ने बताएका छन् ।
खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले श्रीलंकावि’रुद्धको खेल सहज नहुने र संयमित भएर खेल्ने बताएका हुन् ।
‘श्रीलंकावि’रुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन ।
हामीले श्रीलंकावि’रुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरू ट्याकलमा आ’क्रामक छन् ।
तर, उनीहरुको आ’क्रामक खेलको फाइदा उठाउने छौं ।’
नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकावि’रुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।
‘श्रीलंकावि’रुद्ध हामीले तीन अंकका लागि खेल्नेछौं । हामीले ९० मिनेटसम्मै जितका लागि फा’इट गर्नेछौ,’ कप्तान किरणले भनेका छन् ।
सोमबार नै अपरान्ह ४:४५ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
बंगलादेश लगातार दोस्रो जितको खोजीमा रहँदा भारतले च्याम्पियनसिपमा पहिलो खेल खेल्दैछ ।
यस खेलले पनि प्रतियोगिताको फाइनल समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।



