नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले का’रबाहीको चे’तावनी दिएको छ।

विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अ’वरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडादर विवा’द समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर काट्दा राज्यको अतिआवश्यक सेवा अ’वरुद्ध पारिएको छ।

कसैले पनि यस्तो सेवा अ’वरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार द’ण्डनीय हुने व्यवस्था छ,’ सूचनामा भनिएको छ।

सबै पक्षको आपसी छलफलमार्फत स’मस्या समाधान गर्नसमेत दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।