आर्टिफिसियल इन्टेलिजेन्स, एआइले अबको दुई घण्टामा पानी पर्छ कि पर्दैन भनेर निश्चित बताउन सक्ने रिसर्चमा पत्ता लागेको छ ।

गुगलको स्वामित्वमा रहेको लन्डनको अल ल्याब डिप माइन्ट र युनिभर्सिटी अफ एक्सटरका वैज्ञानिकहरुले मिलेर यो नयाँ प्रविधि निर्माण गरेका हुन् ।

यसअघिका परम्परागत प्राविधिक तरिकाहरुमा जटिल इक्वेसन प्रयोग गरिन्थ्यो जसले ६ घण्टादेखि दुई हप्ताको समयमा मात्र मौसमबारे भविष्यवाणी गर्न सक्थ्यो ।

तर नयाँ एआइ प्रणालीले छोटो समय सिमामै त्यो भन्दा धेरै सहि भविष्यवाणी गर्न सक्ने बताइएको छ ।

यति मात्र नभएर यसले आँ’धी, तू’फान, बा’ढी जस्ता ग’म्भीर विषयबारे पनि पहिले नै जानकारी दिन सक्ने पाइएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मौसमको अवस्था कुन स्तरसम्म ख’राब हुनेछ भन्ने अनुमान गर्न झन झन कठिन बन्दै गएको छ ।

जस्तै हिजोआज पानी पर्दा अनुमान गरिए भन्दा ठूलो पानी पर्ने अनि जनधनको धेरै क्षति गराउने घटना बढी भइरहेको पाइएको छ ।

त्यसैले पनि यो रिसर्चले आगामी क्ष’ति जोगाउन उल्लेखनीय साबित हुने खोजकर्ताहरुको विश्वास छ ।

जलवायु परिवर्तनका कारण कठोर मौसम अब झन सामान्य बन्दै जाने मेट अफिसका प्रमुख नेल रोबिन्सन बताउँछन् ।

उनले भने, “त्यसैले पनि छोटो समयसम्मको पूर्वानुमान भएपनि त्यो सहि भयो भने यसले सबैलाई सुरक्षित रहन र क्षति कम गर्न मद्दत गर्नेछ । ”

यो नयाँ एआइ प्रणालीले पानी पर्दाका ‘कमन प्यार्टन’ अर्था सधैँको प्रक्रिया पहिचान गरेको हो ।

यसपछि यसलाई युकेको रेडार म्याप प्रयोग गरि परीक्षण गरिएको थियो जसको नजिजामा यसले गरेको भविष्यवाणी सबै स्थानका लागि ८९ प्रतिशत  सहि रहेको पाइएको हो ।

जर्नल नेचरमा प्रकाशित यो खोजमा मौसम विद्हरुले उल्लेखीय रुपमा अब यही एआइ प्रविधि प्रयोग गर्ने बताएका हुन् ।

डिपमाइन्डका वरिष्ठ वैज्ञानिक शखिर मोहोम्मद भन्छन्, “यो ट्रायलले एआइ वास्तवमै शक्तिशाली टुल हुन सक्छ भन्ने देखाएको छ ।

यसले मौसमविद्हरुको समय बचाउनेछ भने थरीथरीका डाटा अध्ययन गर्नुको सट्टा सटिक एउटामा केन्द्रित रहेर त्यसैलाई बुझ्ने प्रयास गर्ने मौका दिलाएको छ । यसले धेरैको ज्यान बचाउनेछ । ”अजेन्सी