उपाधि जितिसकेका छैनौं, धेरै उत्साहित नहुहोस – प्रशिक्षक अल्मुताइरी
साफ च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ऐतिहासिक विजय हासील गरेको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समर्थकलाई धेरै उत्साहित नहुन आग्रह गरेका छन् ।
जितपछि प्रतिक्रिया दिनेक्रममा अल्मुताइरीले नेपालले उपाधि जितेको नभई केबल एक खेल मात्र जितेको बताए ।
‘‘हामीले अहिले उपाधि जितिसकेका छैनौं । सबैलाई संयमित हुन आग्रह गर्दछु ।
विशेष गरी नेपालमा हुनुहुने सबैलाई शान्त रहन आग्रह गर्दछु ।’’
माल्दिभ्सको मालेस्थित नेशनल रंगशालमा बैकल्पिक खेलाडी मनिष डाँगीले ८६औं मिनेटमा गरेको गोलमा नेपालले साविक विजेता टोलीलाई १–० ले प’राजित गरेको थियो ।
२०१८ मा बंगलादेशको ढाकामा सम्पन्न साफमा नेपाल माल्दिभ्ससँग ३–० ले सेमिफाइनलमा पराजित भएको थियो । त्यही माल्दिभ्सले भारतलाई फाइनलमा २–१ ले हराउँदै उपाधि जितेको थियो ।
माल्दिभ्सविरुद्ध बल पोसेसन कमजोर भए पनि नेपालले विपक्षी पोष्टमा धेरै आ’क्रमण बुन्न सफल भएको थियो । नेपालको ‘सट अन टार्गेट’ ६ छ ।
माल्दिभ्सको चार मात्र छ । प्रशिक्षक अल्मुताइरीले सेट पिसमार्फत माल्दिभ्सले द’बाब सिर्जना गरे पनि ‘ओपन प्ले’ कुनै अवसर सिर्जना गर्न नसकेको बताए ।
‘‘माल्दिभ्सका बारेमा राम्रो अध्ययन गरेका थियौं । उनीहरुलाई घरेलु मैदान र समर्थकको द’बाब महसुस गराउने योजना बनाएका थियौं ।
उनीहरु साविक विजेता र घरेलु टिम थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि उनीहरुमाथि दबाब थपियो,’’ नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले भने, ‘‘हामीले ‘स्टेप बाई स्टेप’ खेलमा सुधार गर्दै लग्यौं ।
हामी जितको हकदार थियौं । हामीले पनि पाएका केही अवसर सदुपयोग गर्न सकेनौं । यो नै फुटबल हो । र आजको हिरो मनिष डाँगी हुन् ।’’
माल्दिभ्स जानुअघि नेपालले कतारमा ओमानविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो । त्यसमा नेपाल ७–२ ले हा’रेको थियो ।
नतिजा नि’राशजनक भए पनि बलियो टिमविरुद्ध खेल्दा टिममा धेरै सुधार आउने अल्मुताइरीले बताए ।
नेपालले माल्दिभ्सलाई सात खेलपछि हराउन सफल भएको हो । पछिल्लो पटक नेपालले काठमाडौंमै सम्पन्न १९९९ को दक्षिण एसियाली खेलकुदको सेमिफाइनलमा माल्दिभ्सलाई २–१ हराएको थियो ।
त्यतिबेला नेपालका नरेश जोशी र हरि खड्काले गोल गरेका थिए । त्यसपछि खेलेका सातमध्ये पाँच खेलमा नेपाल पराजित भएको थियो भने दुई खेल बराबरी भएको थियो ।
साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । माल्दिभ्सविरुद्ध नेपालले जितेको यो पाँचौं पटक हो ।
नेपालले अब ४ अक्टोबरमा श्रीलंका, १० अक्टोबरमा भारत र १३ अक्टोबरमा बंगलादेशविरुद्ध खेल्नेछ ।



