बुद्ध राई र बसन्ता राईको ‘रामदले २ माइती चेली’ गीत सार्वजनिक
काठमाण्डौ – बुद्ध राई र बसन्ता राईको ‘रामदले २ माइती चेली’ गीत सार्वजनिक भएको छ ।
‘रामदले २ माइती चेली’ गीतको अफिसिय म्युजिक भिडियो बुद्ध राईको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा चर्चित गायक बुद्ध राई र बसन्ता राईले स्वर दिईएकी छिन ।
प्रस्तुत गीतमा शब्द संकलन माइती : राज बहादुर राई “गहिरेली काइला” र शब्द संकलन चेली : जय कुमारी राई “झ्याई परी” र लय संयोजन सुमन राई रहेको छ ।
यस गीतमा रामदले २ माइती चेलीको सुख दु:खको जिबन्त कथा, चौतारी र देउराली, गाउँघरको माया प्रेम, जिबनको रङ्गहरुलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । नेपालको जिबन दु:ख सुख बिसाउने, प्रकृती र जिन्दगी काट्ने प्रेम, हासखेल ठटटा र जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

यस गीतको स्टुडियो भर्सनको भिडीयो आएको छ, जसमा रेकडिस्ट सुबाश कुथुमी राई , मिक्सिङः गोबिन्द सोनी र स्टुडियो मिरा साउन्ड रेकर्ड गरिएको हो ।
यस गीतको भिडियो छायाङकङ तथा सम्पादन सुमन मगरले गरेको हुन ।



