Logo

आफ्ना बुबा वि’रुद्धको कानुनी ल’डाइँ जिते सगै ब्रिट्नी १३ वर्षअघिको अवस्थामा पुगिन


गायिका ब्रिटनी स्पियर्स बुवाको कानुनी अभिभावकत्वबाट मुक्त भएकी छन्।

लस एन्जल्स अदालतले ब्रिट्नीमाथि उनका बुवा जेमी स्पियर्सको कानुनी अभिभावकको भूमिका अन्त्य भएको फैसला सुनाएको हो।

अदालतले संरक्षकको रुपमा ब्रिटनीको बुबा जेमीले लिएको जिम्मेवारी छोरीको हितमा नरहेको निष्कर्ष निकालेको छ।

सन् २००८ मा ब्रिट्नीले मा’नसिक अस्वस्थताका कारण अ’सामान्य व्यवहार देखाएको भन्दै ब्रिटनीका सम्पूर्ण कुराको रेखदेख गर्ने गरी ‘कन्जरभेटसिप’ स्थापना भएको थियो।

बुबाकाे संरक्षकत्वमा रहेकी ब्रिट्नीले ‘कन्जरभेटसिप’ले आफ्नो जीवन त’हसन’हस बनाएको भन्दै अदालतलाई अपिल गरेकी थिइन्।

ब्रिटनीले वर्षौँसम्म बुबाबाट दु’र्व्यवहार भोगेको आरोप लगाएकी थिइन्।

उनले इच्छावि’परीत सांगीतिक कार्यक्रम गर्न बाध्य पारेको र सन्तान जन्माउन नदिएकोलगायत आरोप लगाउँदै भनेकी थिइन्, ‘मलाई मेरो जीवन फिर्ता चाहिएको छ।’

सो आरोपपछि दु’र्व्यवहारको आरोप अस्वीकार गर्दै जेमीले पनि आफूलाई संरक्षकत्वबाट हटाउन माग गरेका थिए।

गायिका ब्रिट्नीको यो कानुनी लडाइँमा उनलाई संसारभरका समर्थकले ‘फ्रि ब्रिटनी’ अभियान चलाएर साथ दिएका थिए।

अदालतको यो फैसलासँगै ब्रिट्नी १३ वर्षअघिको अवस्थामा पुगेकी छन्। एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्