स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी खेलको इन्जुरी समयमा गोल गरेसंगै म्यानचेष्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिगमा जित हासिल गरेको छ ।

स्पेनिस क्लब भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल जितेको थियो ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका रोनाल्डोले ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए ।

यस खेलसँगै रोनाल्डो सर्वाधिक धेरै च्याम्पियन लिग खेल खेल्ने खेलाडी बेनका छन् ।

खेलको ५३ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६० औं मिनेटमा एलेक्स टेलसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तो’डेका हुन् ।

च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो ।

समूह एफमा एट्लान्टाको ४ अंक छ भने योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ । १ अंकसहित भिल्लारियल समूहको पुछारमा छ ।