भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेरलाई विमानस्थलबाटै फर्काइएको छ ।

अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको हो ।

एक प्रवेशाज्ञा (भिसा)मा बस्न पाउने समय किरणले नेपालमा बिताइसकेकाले उनलाई फकाईएको अध्यागमन विभागले जनाएको छ ।

“एक प्रवेशाज्ञा (भिसा)मा नेपाल बस्न पाउने समय उहाँले यो वर्ष नेपालमा बिताइसकेकाले उहाँलाई फर्काउनुपरेको हो,” अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने ।

एक प्रवेशाज्ञामा १८० दिन मात्रै नेपाल बस्न पाइन्छ । उनले सन् २०२१ मा अब नेपाल प्रवेश पाउने छैनन् ।

भ्वाइस अफ नेपालमा प्रतिस्पर्धाका क्रममा उनी लामो समय नेपाल बसेका थिए ।

सन् २०२२ मा भने उनी पुनः नेपाल आउन सक्छन् । किरण अघिल्लो महिना सम्पन्न भ्वाइस अफ नेपाल सिजन–३ का विजेता हुन् ।

भुटानबाट शरणार्थीका रूपमा नेपाल आएका किरण केही वर्षयता अमेरिकामा बस्दै आएका छन् ।

तेस्रो मुलुक पुनर्वासका क्रममा उनी अमेरिका पुगेका हुन् । किरण अमेरिकी नागरिक हुन् ।