Logo

काठमाडौँमा १८ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप लगाइँदै – खोप केन्द्रको सूचीसहित


आजबाट काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने भएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार खोप प्रदान गर्न काठमाडौँका १२ वटा पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ ।

खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। खोप केन्द्रमा भिडभाड नगर्न सबैमा स्वास्थ्य कार्यालय काठमाडौँले आग्रह गरेको छ ।

काठमाडौँमा १८ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप लगाइँदै – खोप केन्द्रको सूचीसहित

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्