आजबाट काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै छ ।
तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने भएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार खोप प्रदान गर्न काठमाडौँका १२ वटा पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ ।
खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। खोप केन्द्रमा भिडभाड नगर्न सबैमा स्वास्थ्य कार्यालय काठमाडौँले आग्रह गरेको छ ।

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
