कुन कुन हुन कोभिड–१९ को ‘रेड जोन’मा रहेका नौ जिल्लाहरु ?
पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ८३४ संक्रमित थपिएका छन् ।
१३ हजार ७३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १४२ छ ।
त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जल्लामा सक्रिय संक्रमितको संख्या चार हजार ५५८ छ ।
उपत्यकाबाहिर झापा, मोरङ, सुनसरी, मकवानपुर, कास्की र रुपन्देही गरी नौ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
त्यस्तै, धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, नुवाकोट चितवन, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, गोरखा, स्याङजा, तनहुँ, पर्वत, दाङ, बाँके, पाल्पा, सुर्खेत र कैलाली गरी २० जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमित २०० भन्दा कम छन् ।
पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा सबैभन्दा बढी काठमाडौंमा २३२ जना छन् भने उपत्यकाबाहिर कास्कीमा सबैभन्दा बढी ८४ जना छन् ।



