Logo

‘सुन न सुन ए साईमा’ गीत सार्वजनिक


काठमाण्डौ –फरकधारको गीत ‘सुन न सुन ए साईमा’ गीत सार्वजनिक भएको छ ।

फलैचा रेष्टुरेण्ट काठमाण्डौमा एक कार्यक्रम गर्दै ‘सुन न सुन ए साईमा’ गीत सार्बजनिक गरिको हो । उक्त कार्यक्रममा प्रमुख अथिती बरिष्ठ कबि तथा गीतकार भूपाल राई, अथितिहरु कबि तथ गीतकार खुक्सुङ राई, साहित्यकार तथा समाजसेवी कमल राईको बिशेष उपस्थितिमा सम्पन्न भयो । त्यस्तैगरी अन्य उपस्थिती अथितीहरु बरिष्ठ हास्यकलाकार गणेश ईशारा, गायक कृष्णभक्त राई, राधा राई रहेको थियो ।

यस कार्यक्रममा किराती साँंस्कृतिक अनुसार प्रमुख अथिती र अथितीहरुलाई फेटा लगाए सम्मान गरेको थियो भने अन्य अथितीहरुलाई किराती पेचुली/बुङ्गा /फूल दिएर कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमा चिण्डो र टुकुनिमा तीन पाने राखी सबै अथितिलाई सँगुन राखी दिएर उदघाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै अब संस्कृतिलाई राजनीतिमा बदल्नु पर्ने समेत कबि तथा गीतकार भूपाल राईको जोड थियो । प्रमुख अथिती भूपाल राई भन्नुहुन्छ, ‘३०/४० दशकमा सुम्मिना र पारुहाङको बिम्ब रुपक गीत चलेको थियो, अब फरकधारको गीत आएको छ । जसले साँस्कृतिक गीतको रुपमा नयाँ बाटो कोरिएको छ ।’

यो गीतले किराती रङ भरेको, आदिम किराती सुगन्ध साथै दर्शन र बिचारको बिउ रोपेको कुरा कबि तथा गीतकार खुक्सुङ राईले बताए । कबि तथा गीतकार खुक्सुङ राई भन्नुहुन्छ, ‘हाम्रा पछिल्ला पुस्ताका नानीहरूले यो गीत सुनेर किराती संस्कारको प्रेमको आभाष गर्नेछन् । आफ्नो संस्कृति चिन्नेछन् । मुख्यतः आफूलाई बुझ्नेछन्। र, त्यसैगरी कसोकसो प्रेम गर्नेछन् ।’

त्यस्तैगरी अर्को अथिती कमल राईले यो गीत मात्र होइन कार्यक्रमको रुप र शार किराती साँस्कृतिक देखिएको सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना दिए ।

गीतकार भाई किरातीले गीतको बिषयमा बोल्दै किराती सभ्यता, आबिष्कार र संकृतिलाई मिलाएर गीत लेखिएको बताए ।

मुन्धुमस्टार डटकम सम्पादक सुमन बाङदेलको सभापतिमा सम्पन्न भएको उक्त कार्यक्रम युवानेता साहस राईले कार्यक्रम सन्चालन गरेको थियो ।

यस गीतमा चर्चित गायक कृष्णभक्त राई र राधा राईले स्वर दिईएकी छिन ।

प्रस्तुत गीतमा गीतकार भाई किरातीको शब्द, आशकुमार राईको संगीत र संगीत संयोजन लाहाङ सुब्बाको रहेको छ ।

यस गीतमा कबि र राजनीतिज्ञको रुपमा रहेको भाई किरातीको पहिलो गीत रहेको छ, त्यस्तैगरी दर्जनौ चर्चित गीतमा संगीत भरी सकेका युवा संगीतकार आशकुमार राईको फरकधारको साँस्कृतिक गीत रहेको छ ।

‘सुन न सुन ए साईमा’ म्युजिक भिडियोमा फिचरिङ मनोज राई र युविना राईको रहेको छ । त्यस्तैगरी सम्पादन कक्ष नराेत्तम पाण्डे र श्याम कार्की (ओजस फिल्मस् स्टुडियो)ले गरेको हुन ।

यस गीतलाई किङ् स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतलाई रेकडिस्ट मनोज साम्सोन राई र सुरेश राईले गरेको हुन । त्यस्तैगरी मिक्सिङ/मास्टरिङ किशोर थापाले गरेको हो ।

‘सुन न सुन ए साईमा’ गीतको म्युजिक भिडियो मुन्धुमस्टारको भगीनी च्यानल नेपाल म्युजिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रमको फोटोहरु:

 

 

 

 

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्