Logo

म्यानचेस्टर सिटीले चेल्सीलाई उसैको मैदानमा हराउँदै दोस्रो स्थानमा उक्लियो


गाब्रियल जिससको गोलमा साबिक विजेता म्यानचेस्टर सिटीले आज इंग्लिस प्रिमियर लिगमा उपाधि प्रतिद्व’न्द्वी चेल्सीलाई १–० ले हराएको छ ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ६ खेलबाट १३ अंक जोेडेको छ । यो शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी हो ।

तथापि, लिभरपुलले एक खेल कम खेलेको छ । समान १३ अंक जोेडेको चेल्सी तेस्रो स्थानमा झरेको छ ।

पछिल्ला महत्त्वपूर्ण तीन खेलमा चेल्सीलाई हराउन नसकेको सिटीले आज जित आत्मसात् गरेको हो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सिटीलाई जिताउन जिससले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि, सिटी च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग १–० ले हारेको थियो भने प्रिमियर लिगमै पनि घरेलु मैदानमा २–१ ले पराजित भएको थियो ।

त्यस्तै, एफए कपको सेमिफाइनलमा पनि सिटी चेल्सीसँग १–० ले हारेको थियो ।

सिटीले अघिल्लो सिजन पनि चेल्सीलाई स्टामफोर्ड ब्रिजमा ३–१ ले हराएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्