Logo

अब नेकपा (एकीकृत समाजवादी) ले यो देश हाँक्नेछ – अध्यक्ष नेपाल


नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन् ।

आज मकवानपुरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताए ।

“नेकपा (एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ ।

यो देश हाँक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउनेछ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो ।

जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो,” उनले भने ।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए ।

गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने उनको भनाइ छ ।

“सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ,” उनले भने, “प्रदेशमा पनि सामूहिक रूपमा सरकार चलाउन चाहन्छौँ ।

राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहन्छौँ । योग्यता, क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ ।”

उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुत रहेको जिकिर गरे ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्