Logo

नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ? – गगन थापा


नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी नेतृत्त्वका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेको नेतृत्त्वले महाधिवेशनको मिति सार्ने बहस थालेको भन्दै थापाले प्रश्न उठाएका हुन् ।

“कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन,” थापाले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, “कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।”

उनले नेताहरुले आदेश दिए पुग्ने कार्यकर्ताले आदेश कुरेर बस्नुपर्ने भन्दै यस्तो अवस्था अन्त्यबारे सोच्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

“बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !,” थापाले प्रश्न गरेका छन्, “अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।”

नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ? – गगन थापा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्