Logo

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्तिहरु एक हुनुपर्छ – अध्यक्ष प्रचण्ड


पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधान वि’रोधीहरुको ष’डयन्त्रलाई परास्त गर्नका लागि माओवादी शक्तिहरु एक हुनुपर्ने बताउनुभएको छ । जसपा र एमालेबाट माओवादी केन्द्रमा आउनुभएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सबै विगतका माओवादी आ’न्दोलनमा रहेका साथीहरु एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ । अहिले नआउने पनि अलिपछि आउनुहुन्छ ।’

उहाँले माओवादी आ’न्दोलन र यसले उठाएका एजेण्डाहरुलाई राष्ट्रिय रुपमा फेरि नयाँ उचाईंबाट स्थापित गर्ने र यो आ’न्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने रुपमा विकास गर्ने अवसर आफूहरुमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘समाजवादी क्रा’न्तिलाई माक्र्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रुपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ ।

एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आ’न्दोलन जाने ख’तरा पनि छ । त्यसकारण सबै क्रा’न्तिकारीहरुले अब ढिलो नगरी एकतावद्ध हुने, केन्द्रित हुने र आत्मसमिक्षा सहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।’

हिजो संसद वि’घटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरु एमसीसी मार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्, ’ उहाँले भन्नुभयो, ‘हामीले गठबन्धनमा एमसीसी र गठबन्धनमा कुन मुख्य हो भनेर छलफल पनि गरेका छौं ।

गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसीसी परिमार्जन र संशोधन बिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।’

उहाँले अगाडि भन्नुभयो, ‘पार्टी आ’न्दोलनको भावी विकासको निम्ति धेरै नै महत्वपूर्ण अनुभव र ज्ञान सँगालेर आउनुभएको छ । आन्दोलनको विकासको क्रममा अभिभावकत्व गरिसकेपछि र त्यसलाई सिंगो कम्युनिष्ट पार्टी र जनताले अभिभावकको रुपमा स्वीकारे पछि त्यो आन्दोलनका कोही पनि सहयात्री दायाँबायाँ हुँदा बुझाउन र सम्हाल्न सकिएन भन्ने पीडा हुँदो रहेछ ।

अनुभव र ज्ञानसहित पुनर्मिलनमा आएको देख्दा भने सबैभन्दा खुसी अभिभावकलाई हुने रहेछ । यो पार्टी प्रवेशले बलियो सन्देश दिएको छ । तपाईंहरुले जिम्मेवारीको चिन्ता नलिनु होला ।’ अध्यक्षले पार्टी प्रवेश कार्यक्रममा आउनुभएका नेता तथा कार्यकताहरुले आफ्ना कुरा राम्रो गरी राखेको भन्दै प्रशंसा गर्नुभयो । अध्यक्षले अनुभव र ज्ञान सहित आउनुभएकोमा उहाँहरु प्रति खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा विगतमा माओवादी छोडेर अन्य विभिन्न पार्टीमा गएका र फर्किएपछि के अनुभूति भयो भन्ने पनि आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले आफूहरुबाट नेतृत्वलाई बुझ्ने सवालमा कमजोरी भएको र अहिले ब्यूँझिएपछि आफूहरु माओवादीको मूल प्रवाहमा समाहित हुन आइपुगेको बताउनुभयो ।

यसरी प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद सदस्य रमेश रेग्मी (चितवन) , नेकपा एमाले केन्द्रीय परिषद् सदस्य प्रल्हाद लामिछाने (मकवानपुर), जसपा प्रदेश समिति सदस्य प्रकाश पोखरेल (चितवन), जसपा जिल्ला सचिवालय सदस्य रामपुकार पाठक(चितवन), प्रेम शर्मा (सिन्धुपाल्चोक), कृष्ण कार्की (मकवानपुर) सुजन कुमार थापा (मकवानपुर), रवीन्द्र मोक्तान (मकवानपुर), प्रेम वाइवा(मकवानपुर) शुसिल ओली (दैलेख) रहनुभएको छ ।

उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहाल, केन्द्रीय सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य सन्तु दराई, केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्