निनामहाङ राई र प्रबिशा अधिकारीको ‘संगसंगै’ गीत सार्वजनिक
काठमाण्डौ – निनामहाङ राई र प्रबिशा अधिकारीको ‘संगसंगै’ गीत सार्वजनिक भएको छ ।
‘संगसंगै’ गीतको अफिसिय म्युजिक भिडियो फुलन्देको आमाको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा चर्चित गायक निनामहाङ राई र प्रबिशा अधिकारीले स्वर दिईएकी छिन ।
प्रस्तुत गीतमा गीतकार प्रदिपकुमार चौधरीको शब्द, अशोक सीवाको संगीत र संगीत संयोजन देबेश राईको रहेको छ ।
यस गीतमा चौतारी र देउराली, गाउँघरको माया प्रेम, जिबनको रङ्गहरुलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । नेपालको जिबन दु:ख सुख बिसाउने, प्रकृती र जिन्दगी काट्ने प्रेम, हासखेल ठटटा र जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।
म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी ईसाक जबेगुले गरेका हुन्। यस म्युजिक भिडियोमा चर्चित कलाकारहरु उमेश राई, रजनी गुरुङ्, नग्मा श्रेष्ठ, दीप घिसिङको जोडदार अभिनाय रहेको छ ।
‘संगसंगै’ गीतलाई भिडियो छायाङकन ईसाक जबेगुले गरेका हुन । त्यस्तैगरी मेकअफ सीमा गुरुङ्ले गरेकी हुन ।



